• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

राष्ट्रिय शिक्षा नीति सार्वजनिक, शिक्षक दरबन्दी मिलान (पूर्णपाठसहित)

राहत अनुदान कोटाको बाँडफाँट तथा पुनर्वितरण

काठमाडौं । सरकारले शिक्षा नीति सार्वजनिक गरेको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बुधबार मन्त्रालयमा शिक्षक दरबन्दी मिलाानको निर्णय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा नीतिको मुख्य दस्तावेज वितरण गरिएको थियो ।

गत कात्तिक २१ गते मन्त्री पोखरेलले पत्रकार सम्मेलन गरेरै नीति प्रमाणिकरण भएको भन्दै केही बुँदा सार्वजनिक गरेका थिए । तर, मुख्य दस्तावेज विनै बुँदा मात्रै सार्वजनिक गरेको भन्दै आलोचना भएको थियो ।
विद्यालय शिक्षामा भएको निजी लगानीलाई राज्यले हेर्ने दृष्टिकोणका बारेमा सत्ताधारी दलका नेताहरुको स्वार्थ हावि हुँदा नीति सार्वजनिक गर्न ढिलाई हुँदै आएको थियो ।

पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले 
 शिक्षक दरवन्दी तथा राहत अनुदान कोटाको बाँडफाँड तथा पुनर्वितरण गरेको जानकारी दिए ।  उक्त निर्णय सँगै अब देश भरका १ सय २३ स्थानीय तहबाट ४ हजार ८ सय ५२ दरबन्दी तथा राहत अनुदान कोटा अन्य स्थानीय तहमा हस्तान्तरण हुने छन् । त्यस मध्ये १४ जिल्लाको ३ हजार ३ सय ५९ शिक्षक दरबन्दी तथा राहत अनुदान कोटा अन्य जिल्लाका स्थानीय तहमा हस्तान्तरण हुनेछ । त्यसै गरी १५ जिल्ला भित्र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा १ हजार ४ सय ९३ दरबन्दी तथा राहत अनुदान कोटा मिलान हुनेछ । उल्लेख भएको संख्या मध्ये एक प्रदेशवाट अर्को प्रदेशको स्थानीय तहमा हस्तान्तरण हुने दरबन्दी तथा राहत अनुदान कोटाको संख्या १ सय ५  रहेको मन्त्री पोखरेलले जनाएका छन् ।
 

शिक्षा नीतिको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर