• २०८१ बैशाख २१ शुक्रबार
  • Friday, 3 May, 2024

धनुषामा बम विस्फोट हुँदा प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु

जनकपुरधाम । धनुषामा शक्तिशाली बम विस्फोट हुँदा प्रहरी निरीक्षकसहित तीनजनाको मृत्युु भएको छ । 

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगर बजारमा शुक्रबार राति करिब पौने १२ बजेको समयमा भएको विस्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालसहित तीनजनाको मृत्यु भएको छ । 

त्यस्तै, मेडिकल व्यवसायी ४८ वर्षीय राजेश साह, उनका १६ वर्षीय छोरा आनन्द साहको समेत मृत्यु भएको छ । साहका अर्को छोरा प्रकाश साह, छोरी अन्जली साह, प्रहरीका जवान रिजन महतो घाइते रहेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

राजेश साह र उनका छोराको मृत्यु जनकपुरधामकै प्रादेशिक अस्पतालमा भएको छ भने प्रहरी निरीक्षकको उपचारको क्रममा धरानमा निधन भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर