• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

भ्रमण वर्ष २०२० सफल बनाउन अरबि देशका राजदूतहरुको छलफल

ओमान। सरकारको बहुप्रतिक्षीत कार्यक्रम मध्यको एक नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन अरबि देशका राजदूतहरुले संयुक्त छलफल गरेका छन् । ओमानस्थित नेपाली दूतावासले विभिन्न देशका नेपाली राजदूतहरू बोलाएर भ्रमण वर्ष सफल बनाउन आईतबार संयुक्त छलफल गरेको हो ।

नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनको लागि बैठकको आयोजना गरिएको हो।

छलफलमा नेपाल सरकारका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भ्रमण वर्ष २०२० लाई सफल बनाउन सरकारले चालेका कदमका बारेमा जानकारी गराउदै सफल बनाउन राजदूतहरुलाई आग्रह गरेका थिए ।

विदेशमा रहेका नेपाली राजदूतहरूले भ्रमण वर्षमा धेरै भन्दा धेरै पर्यटकहरु नेपाल भित्र्याउन पहल गर्नुपर्ने उनको भनाई थियो ।

परराष्ट्र सचिव शंकरदास बैरागीले सिर्जनशील उपाय अवलम्बन गरी नेपालको आकर्षणका बारेमा जानकारी दिन र विदेशी युवा पुस्तालाई आकर्षित गर्न आग्रह गरेका थिए ।

राजदूतहरूले आफूहरूले भ्रमण वर्ष सफल पार्न तथा अन्य गरिरहेका कामबारे जानकारी गराएको ओमानस्थित दूताबासले जनाएको छ । 

दूतावासका अनुसार छलफलमा बैठकमा ओमानको लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल, युनाईटेड अरब इमिरेट्सका लागि नेपाली राजदूत कृष्ण ढकाल, इजिप्टको लागि नेपाली राजदूत झविन्द्र अर्याल, इजरायलका लागि नेपाली राजदूत अन्जन शाक्य, कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी,  पाकिस्तानको लागि नेपाली राजदूत सेवा लम्साल, कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाज, साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रप्रताप सिंह राजपूतको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर