• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

भारतकै चाहनामा सार्कको महत्व कम बनाउँदै लगिएको त होइन ?

सार्कको विकल्प बिम्स्टिेक हुन सक्छ ? सार्क र बिम्स्टिेक समानान्तर ढंगले कसरी अघि बढ्न सक्छन् ? सार्क किन छाँयामा प¥यो र बिम्स्टिेक सतहमा आयो ? यस्ता प्रश्न केही समय यता नेपाली राजनीतिक बृत्तमा चर्चामा छन् । बिहिबारबाट सुरु भएको बिम्स्टिेक बैठक र यसबाट नेपालले लिन सक्ने फाईदा लगायतका विषयमा केन्द्रित रहेर समाचार दैनिक डटकमले कुटनीतिक बृत्तमा सक्रिय नेकपाका केन्द्रिय सदस्य युवराज चौंलागाँइसँग कुराकारनी गरेको छ । 

सार्क शिखर सम्मेलन छलेर अहिले विम्स्टेक किन गर्न लागिएको हो ?

नेपाल अहिले विम्स्टेकको अध्यक्ष राष्ट्रका रुपममा विम्स्टेकको चौथो शिखर सम्मेलन नेपालमा सुरु भएको छ । नेपालको लागि यो ठूलो अवसरका रुपमा लिनुपर्छ । नेपालले सार्क र विम्स्टेक दुवैलाई राम्रोसँग बुझेको छ । सार्क र विम्स्टेकलाई एक आपसमा जुधाउने होइन की एक आपसमा एउटा विकल्पको रुपमा अर्कोलाई अगाडी सार्ने होइन, यी दुवैको आ–आफ्नो महत्वलाई हामीले अगाडी लिएर जानुपर्छ ।

खासगरी भारत र पाकिस्तानको सम्बन्धले सार्कको महत्व चाँहि भारतकै चाहनामा कतै कमजोर पारिदैँ लगिएको हो की ? विम्स्टेकलाई भारतले नै त्यसरी महत्व दिन खोजेको हो की भन्ने आंशका उब्जिएको छ । तर मलाई के लाग्छ भने लामो कुटनीतिक अनुभव हासिल गरेका भारतका नेताहरुले भारतीय कुटनीतिक बृत्तले त्यो खालको अवस्था आउन दिन्छ, जस्तो लाग्दैन । 

भारत पाकिस्तानको प्रभाव छलेर आफुलाई शक्तिशाली बनाउन विम्स्टेकलाई प्राथमिकतामा राख्न्दैछ भनिन्छ नि ?   

दुईवर्ष अगाडी ब्रिक्सको सम्मेलन भारतको गोवामा हुँदा भारतीय  प्रधानन्त्रीको विशेष निम्तोमा ब्रिक्सको सदस्य राष्ट्रका राष्टप्रमुख, सरकार प्रमुखहरु सम्मेलनमा जानु भएको थियो । त्यसयता मुखारित रुपमा भारतले यो विम्स्टेकलाई चाँहि अर्को ढंगले त बुझन खोजेको होइन, भन्ने प्रश्न उठेको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो सपथग्रहण समारोहमा उहाँले सार्क राष्ट्रको सदस्यलाई बोलाउनु भएको थियो । त्यसले चाँहि उहाँले सार्कको महत्व बुझेको देखिन्छ । भारतले वास्तवमा पाकिस्तानलाई अन्तराष्ट्रिय फोरममा खासगरी सार्कको प्रयोग गरेर एक्ल्याउन खोजेको छ भन्ने गरिन्छ । पाकिस्तानमा पनि ठूलो राजनीतिक परिवर्तन भएको छ । नयाँ सरकार आएको छ । त्यो परम्परागत राजनीतिक शक्तिहरु भन्दा पृथक खालको राजनीतिक स्थिती अहिले पाकिस्तानमा देखिन्छ । 

त्यसले भारत र पाकिस्तानको बीचमा धेरै परिवर्तन आएको हामीले पाउन सक्छौँ । भारत र बंगालदेशमा पनि आगामी वर्ष निर्वाचन हुँदैछ । त्यो निर्वाचनले पनि भारतलाई आफ्ना छिमेकी देशहरुसँग विभिन्न प्रवृत्तिहरुसँग समन्वय गरेर अगाडी बढ्नु पर्ने दबाब बनेको छ । आसा गरौँ निकट भविष्यमा सार्कको पनि सम्मेलन हुदैँछ । 

भारत र पाकिस्तानबीच अध्यक्षता ग्रहण गरिरहेको नेपाल लगायतका अन्य देशले कुटनीतिक हिसाबले उहाँहरुलाई समझादारीमा लिन नसक्नु यो एउटा असक्षमता होइन ? 
अहिले नेपाललाई दोष लगाउन मिल्दैन । किनभने सार्कको वडापत्र र विम्स्टेकमा पनि हामीले के भनेका छौँ भने बहुमतले निर्णय गर्न पाईदैन । कुनै एउटा देशले असमझादारी जाहेर गर्ने बित्तिकै त्यहाँको समग्र प्रक्रिया नै रोकिएर बस्छ ।

त्यसकारण भारत वा अर्को कुनै देशले सार्कको सम्वन्धमा वा यस्ता कुनै सम्मेलनका बारेमा असहमति राख्ने बित्तिकै रोकिनु पर्ने स्थिती आउछ । सार्क र विम्स्टेकको बारेमा हामीले मात्र चाहेर कतिपय कुरा गर्न सकिन्न । त्यसकारण विस्तारै यो क्षेत्रमा परिवर्तन आइरहेको छ । यसले गर्दा पनि यस्ता सम्मेलन, बैठकबाट उम्किन मन त कसैलाई हुन सक्छ, तर उम्किएर भाग्न चाँहि सकिदैँन । 

विम्स्टेकलाई अहिले हामीले बढी महत्व दिएका हौँ । यसबाट कति फाइदा लिन सकिन्छ त्यो लिउँ । सार्कको बारेमा बहस छलफल हुदैँ जान्छ, यसलाई ठिक ठाउँमा ल्याउन पहल गर्नुपर्छ ।  

सार्कमा चीनको पर्यव्यक्षकका रुपमा उपस्थिती छ, चीनको त्यो प्रभावबाट मुक्त हुने विकल्प समेत क्षेत्रिय देशहरुमा भारतले खोजेकाले सार्क भन्दा बिम्स्टेक प्राथापमकतामा परेको हो कि ?

भारत र चीनको बीचमा कतिपय कुराहरु ऐतिहासिक असमझदारी देख्न सकिन्छ । मलाई के लाग्छ भने भारत र चीनबीच यति ठूलो व्यापार छ की त्यो व्यापारलाई अरु कसैले चाहेपनि रोक्न चाहनु हुन्न । चीनसँगको सम्वन्धबाट भारत उम्कन र भारतको व्यापार बजारबाट चीन अन्त जान्छ भन्ने लाग्दैन । 

भारत र चीन एक आपसमा समन्वय गरेर व्यापार गरेको देखिन्छ । चीनको उदयले भारतलाई नोक्सान गर्छ भनेर भारतीयहरुले सोच्छन तर आभारभुत रुपले त्यसरी सोच्छन भन्ने लाग्दैन । 

एसिया क्षेत्रमा चीन र पाकिस्तानको उपस्थिती या अनुपस्थितीमा भारतको प्रभावमा असर गर्छ कि गर्दैन ? 

भारतले खोजेको छ । तर भारतीय शासकवर्ग, सत्ताधारी दलले चाहेर पनि चीनसँगको सम्वन्धलाई तोड्न सक्दैँन । सार्कको हिसाबले भन्दा पनि चीन सार्कको कुन हैसियतमा रहने भन्ने बारेमा निश्चित रुपमा विवाद छ ।

नेपाल जस्तो देशमा हामीसँग विकल्पहिन रुपमा दुई वटा मात्र छिमेकी देश छ । भारत र चीन यी दुवै एउटा फोरममा आउँछन भने हाम्रो लागि खुसीको कुरा हुन्छ । चीनको उपस्थिती सार्कमा हुनु नेपालको लागि खुसीको कुरा हो । 

यो क्षेत्रका अन्तराष्ट्रिय आतंकवाद लगायतका विषय पाकिस्तान, अफगानिस्तान लगायतका देशको अनुपश्थितिमा संभव छ ?  

आ–आफ्नो देशका आफ्नै प्राथमिकता हुन्छन् । त्यसलाई हामीले पनि ध्यान दिनुपर्छ । भारत र पाकिस्तानको बीचमा, भारत र नेपालको बीचमा वा अरु कुनै पनि देशहरुको बीचमा उनीहले ल्याएका प्राथमिकताको क्षेत्रलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर जिम्मेवार देशले जिम्मेवार नेताले निश्चित रुपमा ध्यान दिनुपर्छ । 

किनभने त्यहाँ कुनै न कुनै अफ्ठ्यारो परेर ती विषय आएका हुन्छन । तर त्यो भन्दा बाहेक कुनै उद्धेश्य राखेर कुनै माथि हावी हुने नियत राखेर आफु मात्र अगाडी जाने र अरुलाई छुटाउने नियत राखेर सोचिएको कुरा पनि देखिएको छ । त्यसो गर्दा खेरी त्यसले सन्तुलन ल्याउन सक्दैन । त्यसकारण यस्तो तवरबाट सोच्नु हुन्न । मलाई लाग्छ त्यसरी भारतले त्यसरी सोच्नबाट विस्तारै पछि हटेको छ । पहिलाको मानसिकमा उहाँहरु हुनु हुन्न ।

सिमित विषय राखेर स्थापना भएको विम्स्टेकबाट नेपालले के फाइदा लिन सक्छ, नेपालले ध्यान दिने के मा हो ?

कृषि उपज, पर्यटन, जलविधुतका क्षेत्रमा यसले फाइदा लिन सक्छ । यसको विकासको गतिलाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल गरेर अगाडी बढ्दा धेरै फाइदा हुन सक्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर