• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

दिपिका प्रसाई

काठमाडौं । नवअभिनेत्री तथा मोडल दिपिका प्रसाईको जन्म वि.स. २०५३ कात्तिक २३ गते शुक्रबार पश्चिम नेपाल कैलालीको अत्तरियामा भएको हो । 

तीन वर्षअघि मोडलिङमा प्रवेश गरेकी बुवा दुर्गा प्रसाई कैलाली अत्तरीया उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हुन् । 

दिपिका पढाईका लागि काठमाण्डौ गएपछि १२ कक्षासम्मको पढाई गर्दा गर्दै सामाजिक सञ्जाल फेसबुकमा मोडलिङ गरेका फोटोहरु हालेपछि उनलाई फिल्मको अफर आउन थालेको थियो ।

तर घर परिवार र स्वयम आफुले पनि स्नातक सकेपछि मात्रै फिल्ममा अभिनय गर्ने सोच उनको थियो, जुन पछिल्लो समय आएर सार्थकतामा वदलेकी छिन् ।

दिपिका प्रसाईंको नाम वि.सं. २०७४ सालदेखी नोटिस गर्न थालिएको हो । दिपिकाको डेब्यु फिल्म ‘ऐश्वर्या’मा अभिनेता रमेश उप्रेतीसँग स्क्रिन सेयर गरेपछि उनी चर्चामा आएकी हुन् ।

दिपीकाले मोडलिङबाट एकैचोटी ठूलो पर्दामा पाइला टेक्न पाइन्, यस अर्थमा उनी नेपाली रजतपटको भाग्यमानी अभिनेत्री मध्ये एक हुन् । 

हाल दिपिका अभिनेता दिपक राज गिरीसँग फिल्म ‘छक्का पञ्जा ३’को सुटिङमा व्यस्त छिन् । 

काठमाडौंको के एण्ड के कलेजबाट सामाजिक कार्य विषय स्नातक गरेकी दिपिकाले अध्ययन र अभिनय दुवै क्षेत्रलाई सँगसँगै अघि वढाउने लक्ष्य लिएकी छिन् । 

दीपिकाको परिवारमा कोही पनि रंगीन दुनियासँग सम्बन्धि नभए पनि उनलाई परिवारवाटराम्रो सहयोग भएका कारण ग्ल्यामरको क्षेत्रमा लाग्न प्रेरित गरेको छ ।

तस्विरः दिपिकाको फेसबुक पेजबाट

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर