• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

फ्रान्समा “नेपाली टोपी दिवस” भव्यताका साथ मनाइयो

फ्रान्समा राजदूत  दीपक अधिकारीको प्रमुख अथित्यतामा, गोर्खाली समाज फ्रान्सको आयोजनामा बिगतका वर्षहरु झैँ यस वर्ष पनि आइफल टावर अगाडी नेपाली टोपी दिवस तथा नयाँ बर्ष सन् २०२० को शुभकामना आदानप्रदान कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ ।

‘हाम्रो टोपी हाम्रो शान, नेपालीको पहिचान’ भन्ने नाराका साथ  ७ औं नेपाली टोपी दिवस नेपाल लगायत विश्वभर स्वत फुर्त रुपमा नेपालीहरुले टोपी दिवस मनाइरहदा फ्रान्सका नेपालीहरुले फ्रान्सको प्रमुख पर्यटकीय क्षेत्र आइफल टावरमा टोपी र नेपाली पोशाक लगाएर टोपी दिवस मनाएका हुन ।

साथै, नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय महोत्सवका रुपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ भएसंगै नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार र पर्यटन प्रवर्दनमा टेवा पुग्ने उदेश्यले कार्यक्रम गरिएको थियो । नेपालको पहिचान सहित कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभाबहरुलाई करिब ३०० जति पर्चा वितरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर