• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

अनेसास बेस्ट च्याप्टर अवार्ड जापानलाई, सम्मेलनकाे तयारी पूरा

टाेकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको अनेसास सर्वोत्कृष्ट च्याटर पुरस्कार यो बर्ष अनेसास जापान च्याप्टरलाई प्रदान गरिने निर्णय गरिएको छ।

नगद ५०० अमेरिकी डलरको सो पुरस्कारका लागि च्याटरहरुबाट प्राप्त जानकारीका आधारमा जापान च्याटरले सबैभन्दा बढी अंक पाएको हो । केन्द्रीय कार्यसमितिले दुई बर्षको च्याटरहरुले गरेका गतिविधि  तथा कार्यक्रमहरुको जानकारीका लागि आह्वान गरेको थियो ।

अनेसासका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । 

च्याटर अवार्ड यही जनवरी १०/१२ (२०२०) मा जापानमा हुने तेश्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलनमा प्रदान गरिनेछ । डा. कुमार बस्नेतको कार्यकाल ( 2003-05 ) र प्रकाश माइलाको कार्यकाल ( 2011-13 ) मा पनि जापानले बेस्ट च्याप्टर अवार्ड प्राप्त गरेको थियो । यस पटकको अवार्ड दीप पाठकको कार्यकाल ( 2017-19 ) मा गरेको गतिबिधीलाई मूल्याङ्कन गरेको हो ।

सम्मेलनको तयारी पूरा  
त्यस्तै, सम्मेलनको तयारी सबै पूरा भएको सम्मेलन आयोजक समितीले जानकारी दिएको छ । 

सम्मेलनका लागि जनवरी ९ तारिखबाट पाहुनहरुको पुग्ने हुँदा जनवरी १० तारिख पाहुनालाई स्वागत गर्दै शुरु हुने सम्मेलन १२ तारिख आइतबार सम्म चल्नेछ । जापानको राजधानी टोकियोमा हुने उक्त सम्मेलनमा केन्द्रिय समितीका सदस्यहरु, बोर्ड सदस्यहरु, विश्वभरीका च्याप्टर अध्यक्ष र प्रतिनिधीहरुको उपस्थिती रहने र अनेसास जापानका निवर्तमान अध्यक्ष एवं सम्मेलन आयोजक समितीका संयोजक दीप पाठकले जानकारी दिए ।

सम्मेलनले विभिन्न देशमा छरिएर रहेका च्याप्टरका निर्वाचित पदधिकारी र प्रतिनिधीहरु विचको दुरीलाई कम गराई आपासी भाइचारा र नजिकबाट परिचित हुने अवसर प्रदान गर्नेछ ।अनेसासका केन्द्रिय महासचिव गणेश घिमिरेले “मातृभूमिबाट टाढा रहेर नेपाली साहित्यको क्षेत्रमा कलम चलाउने सर्जकहरुको सिर्जनाको स्तरलाई अझै खारिन र साहित्यको अन्तराष्ट्रियकरण गर्न यस्ता कार्यक्रमले टेवा पुग्ने बताए ।”

टोकियो स्थित सिनओकुवोको जापान ग्लास उद्योग सेन्टरको सभा हलमा जनवरी ११ तारिख बिहान ११ बजेबाट उद्धघाटन भई विधिवात रुपमा शुरु हुने सम्मेलनमा बेलायत, अष्ट्रेलिया, कोरिया, इजारायल, पोर्चुगल, कतार, नेपाल, भारत, जापान लगायतका देशहरुबाट प्रतिनिधिमूलक झण्डै डेढ दर्जनको हाराहरीमा साहित्यकारहरुको जमघट हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर