नेता पाण्डेको मध्यमार्गी प्रस्ताव : ‘प्रदेश ३ को राजधानी काभ्रे र हेटौंडा राखौं’

काठमाडौं । प्रदेश ३ का सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद राजेन्द्रप्रसाद पाण्डेले नयाँ प्रस्ताव अघि सारेका छन् । राजधानी कहाँ राख्ने भन्नेबारे भएको विवादबारे बिहीबारको प्रदेशसभा बैठकमा बोल्दै नेता पाण्डेले मकवानपुरको हेटौँडा र काभ्रे दुवैलाई राजधानी कायम गरेर जानुपर्ने विकल्प अघि सारेका हुन् ।

प्रदेशका सबै जिल्लालाई पायक पर्ने क्षेत्रमा विकल्प खोज्नका लागि उनले जोड दिए । प्रदेशसभामा बोल्दै नेता पाण्डेले भने–‘सिन्धुलीको एउटा भाग, मकवानपुर र चितवलाई हेटौँडा नजिक पर्छ। ३२ लाख जनसंख्यालाई राजधानीकारुपमा  काभ्रे माझमा पर्छ ।’ उनले भने, ‘१३ लाख जनसंख्याले चाहिँ हेटौँडालाई नजिक ठान्दा रहेछन् । म हेटौँडाको विरोधी होइन, तर जनतालाई सुविधा दिन संघीयता ल्याएकोतर्फ पनि सबैले ध्यान दिऊँ ।’

‘राजधानीका लागि काभ्रे उपयुक्त छ । म धादिङको मान्छे, मलाई कतैको पक्षविपक्षमा उभिनु छैन’ उनले भने । 

‘नेता पाण्डेले विश्वमा दुईदेखि तीनवटासम्म राजधानी रहेको भन्दै उनले भने–‘यहाँ पनि दुईवटा राजधानी हुन सक्छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर