प्राविधिक शिक्षा आजको आवश्यकता हो: साँसद खड्का

गोरखा । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं संघीय साँसद चुडामणी खड्काले प्राविधिक शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । जिल्लाको भीमसेन थापा गाउँपालिका वडा नं. ६ अश्राङ स्थित नवजागृति चण्डी मा.वि.को ५७ औं वार्षिकोत्सव तथा अभिभावक समारोहलाई सम्बोधन गर्दैै नेता खड्काले सो कुरा बताएका हुन् ।

आधुनिक र वैज्ञानिक शिक्षामा जोड दिनुपर्ने बताउँदै खड्काले भने “शिक्षालाई अध्ययन गर्ने रुपमा मात्र लिनु हुँदैन, यसलाई उत्पादनको तयारीका रुपमा लिनुपर्दछ, एउटा तहको शिक्षा प्राप्त पछि आवश्यकता पुरा हुने बस्तुको उत्पादन गर्न सक्नुपर्दछ ।” 

नवजागृति चण्डी मा.वि.विगत देखिनै देशैभरीमा उत्कृष्ट विद्यालयका रुपमा स्थापित विद्यालय रहँदै आएको सबैलाई अवगत भएको बताउँदै यसको अझै गुणस्तर वृद्धि गनुपर्नेमा उनले जोड दिए । विद्यालयको घेरावार, प्रयोगशाला, कम्युम्टर प्रयोगशाला लगायतका भौतिक पुर्वाधार र शैक्षिक उन्ननयनका लागि आफूले सक्दो प्रयास गर्ने उनले बताए । 

कार्यक्रममा सोही वडा घर भएका गाउँपालिका अध्यक्ष इश्वर पाण्डे आफूलाई प्रमुख अतिथि नबनाएको भन्दै अनुपस्थित रहेको बताइएको छ । सांसद खड्काले गाउँपालिकामा आएको बजेटलाई आफ्नै पेन्सन मानेर कार्यकर्तालाई नबाड्न सुझाएका छन् । 

“राष्ट्रिय स्वाधिनता र अखण्डताका लागि जसरी हाम्रा पुर्खाहरुले लडेर नेपाल जोगाए, आज हामी त्यही नेपालका नागरिक भएर गर्व गरिरहेका छौं, त्यसरी नै हामी हाम्रो एक रति भूमि पनि कसैले मिचेको सहन सक्तैनौ । ” सिमा विवाद समस्या समाधानका लागि प्रधानमन्त्रीले पहलकदमी लिनुपर्ने बताए । भूमी रक्षाका लागि सबै वीर गोरखालीहरु तयार रहनुपर्ने उनको भनाई थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर