• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

मन्त्री पुन र राष्ट्संघीय उपमासचिवबीच भेटवार्ता 

यूएई । संयुक्त राष्ट्रसंघले नेपालमा नवीकरणीय उर्जा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

राष्ट्रसंघले विकास, समृद्धिका साथै उर्जा क्षेत्रमा सहयोग गर्ने भएको हो । नवीकरणीय अन्तर्राष्ट्रिय उर्जा संघ (आइरिना) को  विश्व भेलामा सहभागी हुन अबुधावी पुगेका उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसँगको भेटमा राष्ट्रसंघीय उपमहासचिव अर्मिदा सल्सियाहले त्यस्तो प्रतिबद्धता जनाएकी हुन् ।

उनले नेपाल हेर्ने बैंककस्थित राष्ट्रसंघीय कार्यालयले नेपाललाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरिन् ।

सो अवसरमा मन्त्री पुनले नीतिगत र व्यवहारिक रुपमा नेपालले राष्ट्रंघका सबै गतिविधिमा सक्रियापूर्वक सहभागिता जनाइरहेको स्मरण गराउदै नयाँ संविधान जारी भएपछि नेपाल संघीयताको अभ्यासमा रहेको बताए । मन्त्री पुनले संघीयता कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको भेटमा सहभागी वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी दिर्नेशक मधुसूदन अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार मन्त्री पुनले अन्तर्राष्ट्रिय लगानी नेपालको जलविद्युत क्षेत्रमा भित्र्याउन सहयोगका लागि आग्रह गरे ।

जर्मन र बेलायतका प्रतिनिधिसँग भेट 
कार्यक्रमको साइडलाइनमा नेपाली प्रतिनिधि र जर्मन तथा बेलायती अधिकारीबीच पनि भेटवार्ता भयो । 

जर्मनीको उर्जा विभागका प्रमुख डा. सोरेन ड्याँग र बेलायतको स्वच्छ उर्जा र वैदेशिक सहयोग विभागका प्रमुख सिमोन एगाडासँग उर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले भेटवार्ता गरेका हुन् ।
 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर