पुजा गर्ने क्रममा माटोको ढिस्को खसेर तीनजना घाईते 

पाल्पा ।  पाल्पामा पुजा गर्ने क्रममा माटोको ढिस्को खसेर पुरिदा तीन जना घाईते भएका छन । घाईतेमध्य एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।  तानसेन नगरपालिका–१४, स्थित ऋृषीकेश मन्दिर नजिकै कालिगण्डकी नदिमा पुजा गर्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर कपिलवस्तु बाँणगंगा नगरपालिका–९, की ७१ वर्षिय गोमा आचार्य गम्भीर घाइते भएका छन् । 

कपिलवस्तु विजयपुरकी ५६ वर्षिय केशरदेवी खत्री र रुपन्देही जिल्ला बुटवलकी ४० वर्षिय बिमला पौडेल समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

घाइतेहरुको तानसेनस्थित मिसन अस्पतालमा उपचार भईरहेको छ । नदि किनारमा पुजा गर्ने क्रममा माटोको ढिस्को खसेपछि उनिहरु घाईते भएको र उपचारका लागि युनाईटेड मिसन अस्पताल तानसेनमा पठाईएको ऋृषिकेश मन्दिरका पुजारी चुरामणी तिमिल्सेनाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर