पूर्वसांसद कार्कीको निधन

पाल्पा ।  पाल्पाका पूर्व सांसद गम्भीरजंग कार्कीको निधन भएको छ । लामो समयदेखि मधुुमेह र मृगौलाको उपचार गराउँदै आएका कार्कीको आइतबार बिहान उपचारका क्रममा काठमाडौंमा निधन भएको नेपाली कांग्रेस पाल्पाले जनाएको छ ।

 कार्की वि.स.२०४८ सालमा पाल्पा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वा्चित भएका थिए भने २०५१ देखि २०५६ सालसम्म कांग्रेस पाल्पाको जिल्ला सभापति समेत  भएका थिए । 

पाल्पाको रम्भा गाउँपालिका ताहूँमा स्थायी घर भएका कार्कीको ७६ बर्षको उमेरमा काठमाडौंमा उपचारका क्रममा विहान तीनबजे निधन भएको नेपाली कांग्रेस पाल्पाका सचिव अजयमान कर्माचार्यले जानकारी दिए । कार्कीको आइतबार दिउँसो पार्टीका शिर्ष नेताको उपस्थितिमा पशुपति आर्यघाटमा श्रद्वाञ्जली कार्यक्रम गरी अन्त्यष्टि गरिने नेपाली कांग्रसले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर