टिप्परको ठक्करबाट मृत्यु भएपछि सुर्खेतमा चल्यो गोली, ८ जना घाइते

काठमाडौं । वीरेन्द्रनगरमा मंगलबार दिउँसो गोली चलेको छ । मंगलबार बिहान टिप्परले किच्दा एकजनाको मृत्यु भएको थियो । २० वर्षीया केशर सिंहको मृत्यु भएपछि चर्किएको आन्दोलनका क्रममा प्रहरीले गोली चलाएको हो । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आन्दोलनले उग्र रुप लिँदा प्रहरीले २ राउण्ड हवाई फायर गरेको थियो भने अज्ञात समूहले गोली चलाएको हो । 

उता, स्थानीयले भने प्रहरीले गोली चलाउँदा ८ जना घाइते भएको जनाएको छन् ।

सिंहका आफन्तले अहिले यरिचौक र गौतम चौकमा टायर बालेर प्रदर्शन गरेका थिए । प्रहरीले टिप्पर चालक र टिप्परलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर