वाग्मती प्रदेशसभा सचिवालयमा दुई विधेयक दर्ता

फाइल फाेटाे

हेटौँडा  । वाग्मती प्रदेशसभाको सचिवालयमा आज प्रदेश सरकारका तर्फबाट दुई विधेयक छलफलका लागि दर्ता भएको छ ।

दर्ता गरिएका विधेयकमा प्रदेश लोकसेवा आयोग अध्यादेशको प्रतिस्थापन गर्ने विधेयक र अन्तरप्रदेश बासिन्दाको सम्मान व्यवहार, सुरक्षाको सम्बन्धमा सुविधाको व्यवस्था गर्न बनेको विधयेक रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोदकुमार अमात्यले बताए । 

वाग्मती प्रदेशसभाको बैठक यही माघ २७ गते अपराह्न ३ बजे बस्ने जनाइएको छ । प्रदेशसभाको बैठक माघ १७ गते बसेर स्थगन भएको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर