‘बालविवाह,बहुविवाह दाईजो तथा लैङ्गिक हिंसा बिरुद्ध बारामा सडक नाटक  

बारा । जिल्ला प्रहरी कार्यालय बाराले मधेशमा व्याप्त विकृतीबारे सचेतना कार्यक्रम संचालन गरेको छ । समुदाय, प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सोमबार बाराको प्रसौनी गाउँपालिका २ स्थित बेंगा साह उ.मा.वि.को नजिकैको क्रिकेट मैदानमा जिल्ला प्रहरी कार्यालयले सडक नाटक आयोजना गरेको हो ।

बालविवाह, दाईजो प्रथा, बहुविवाह तथा महिला हिंसा बिरुद्ध सडक नाटक तथा साँगितीक कार्यक्रम सहितको बृहत सचेतना कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक बिकासराज खनालले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलसहितको उपस्थितिमा भएको कार्यक्रममा गढिमाई नाटक केन्द्रका कलाकारले सन्देश मुलक सडक नाटक प्रस्तुत गरे भने भोजपुरी भाषाका गायक सुनिल पंडितले साँगितिक प्रस्तुति दिएका थिए ।

बालविवाह, दाईजो प्रथा, बहुविवाह तथा लैङ्गिक हिंसा सम्बन्धी कानुनी व्यवस्था बारे प्रहरी निरीक्षक शेख अदालतद्वारा प्रस्तुतिकरण गरिएको थियो । 

कार्यक्रममा प्रसौनी गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ता, महिला संजालका अध्यक्ष बविता जैसवाल, प्रसौनी गाउँपालिकाका उप प्रमुख गिता देवी साह लगायतले बालविवाह, दाईजो प्रथा, बहुविवाह तथा महिला हिंसा बिरुद्ध मन्तव्य राखेका थिए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर