एमसीसीको विरोधमा ‘विप्लव’ नेकपाले पाल्पामा गर्यो विरोध सभा

यस्ता छन् असन्तुष्टिका ५ बुँदा

पाल्पा । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पाल्पाले एमसीसीले शिविर राख्ने भनिएको प्वाइन्टमा कालो ब्यानर सहित बिरोध सभा गरेको छ । पाल्पाको तिनाउ गाउँपालिका अन्र्तगत बसन्तपुर डाडाँमा नेपाल कम्युनिस्ट पार्टी पाल्पाको संयोजन र स्थानीय जनताको सहभागीमा सभा भएको हो ।

ब्यानर प्रदर्शन सहित विरोधसभा सम्पन्न गरेको नेपाल कम्युनिस्ट पार्टी पाल्पाले जनाएको छ । उक्त कालो ब्यानरमा एमसिसी विरोधी पाँच  बुदा उल्लेख गरिएको छ । सबै दलहरु सँग सयुक्त रुपमा कार्यक्रम गर्ने पहल गरेको भएता पनि केही दलले माथिको निर्देशन भन्दै सहभागी हुन डराएको नेपाल कम्युनिस्ट पार्टी पाल्पाले जनाएको छ ।

विरोध सभामा बोल्दै जिल्ला सेक्रेटरी जंजिरले मुलुकलाई चरम संकटमा फसाउँदै युद्धस्थल बनाउन दिने साेंच सहित प्रबेश गरेको एमसिसीका बिरुद्ध जुनसुकै मुल्य चुकाउन आफ्नो पार्टी तयार रहेको कुरा स्पष्ट गरे । उनले बसन्तपूरकै समिपमा रहेको जीतगढीबाट अंग्रेज सेना लखेटे जस्तै अमेरिकी सेनालाई पनि लखेट्न जनस्तरबाट अभियान प्रारम्भ भएको घोषणा गरे ।

नेकपा जिल्ला इन्चार्ज प्रवीणले मुलुक नै बेचिदासम्म माथिको आदेश र उपदेश भन्दै हात बाँधेर बस्नेहरु इतिहासका घिनलाग्दा जोकर बाहेक केहि नहुने बताए । उनले अमुक दलको कार्यकर्ता भन्दा आफू नेपाली हँु भन्ने बोध सहित यो अभियानमा सहभागी हुन आव्हान समेत गरेका छन । 

नेकपा पाल्पाले उल्लेख गरेका  ५ बुँद्दाहरु
१. अमेरिकी साम्राज्यवादको हिन्द प्रसान्त रणनीति अन्तर्गतको राष्ट्रघाती एमसिसी सम्झौता खारेज गरौं
२. राष्ट्रियता स्वाधीनता र सर्वभौमिकताको  पक्षमा  देशभक्त नेपालीहरुले जनस्तर बाट प्रतिरोध गरौं
३. साम्राज्यवादको बढ्दो हस्तक्षेप र अतिक्रमण विरुद्ध न्याप्रेमी देशभक्त, न्यायप्रेमी तथा सम्पुर्ण जनसमुदाय एकजुट हौं
४. राज्य विरुद्धको सबैखाले राष्ट्रघाती सम्झौताहरु खारेजगर्न मोर्चाबद्ध संघर्ष गरौं
५. सामाजिक दलाल पुजीवाद, राष्ट्रिय आत्मसमर्पणवाद र देशद्रोहीहरुको सशक्त भण्डाफोर गरौं ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर