मुख्यमन्त्री राउतको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल

जनकपुरधाम । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो पदीय मर्यादाको खयाल नगरी दिएको एक गैर जिम्मेवारपूर्ण अभिव्यक्ति सार्वजनिक भएको छ । 

बिहिबार अमेरिकामा बसेर मैथिलीको प्रचार गर्दै आएकी काजल कर्णसंगको कुराकानीको क्रममा मुख्यमन्त्री राउतले अपराधलाई बढावा दिने खालको अभिव्यक्ति दिएका हुन् । मुख्यमन्त्री राउतले आफ्नो पदीय मर्यादा विपरित दिएको अभिव्यक्ति अहिले सामाजिक संजालमा भाइरल भईरहेको छ ।  

प्रदेशका मुख्यमन्त्री राउतले काजलसंगको कुराकानीको क्रममा अब केटीले केटाको जिउमाथि एसीड खन्याइदिने अवस्था ल्याउने बताएका थिए । मुख्यमन्त्रीले भाइरल भईरहेको भिडियोमा भनेका छन्  ‘तपाई छोरीको बारेमा सोँच्दै हुनुहुन्छ, मेरो नेतृत्वको सरकार पहिलेदेखि नै छोरीहरुको भविश्यको विषयमा सोचिरहेको छ ।’ 

मुख्यमन्त्री राउतले पहिलो पटक यस प्रकारको गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिएका होइनन् । उनले यस अगाडी पनि मुख्यमन्त्री राउतले एक अन्तरवार्ताको क्रममा अपशब्द प्रयोग गरेपछि व्यापक आलोचना भएको थियो ।

उनले मेरो सरकारको समयमा केटाले केटीहरुमाथि एसिड फाल्ने अवस्थाको अन्त्य हुने बताए । मुख्यमन्त्री राउतले केटीहरु अब डराएर होइन बरु केटाहरुको जीउमा एसिड खन्याउने अवस्थाको निर्माण गर्ने सोच रहेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर