गच्छदारलाई मात्र मुद्दा चलाउनु राजनैतिक पुर्वाग्रह, एमसिसी गर्व गर्नलायक योजना हो : डा महत 

इटहरी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा रामशरण महतले नेपाली कांग्रेसका उपसभापति बिजय गच्छदार लाईमात्र मुद्दा चलाइनु गलत भएको बताएका छन्  । प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा महतले राजनैतिक पुर्वाग्रहका आधारमा मुद्दा चलाइएको बताए । 

गच्छदार मन्त्री हुँदा क्याबिनेटले पास गरेको बिसयमा एकजना मन्त्री मात्र फसाउने र तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई बचाउने गरि मुद्दा चलाइएको उनको बुझाई छ । 
 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दामा संचारमन्त्रीले डिफेन्स गर्नु भनेको पार्टीगत देखिन्छ ।, उनले भने,  यो पक्षपातीपुर्ण ढंगले काम भयो ।

 एमसिसीको बिसयमा बोल्दै उनले जनतामा भ्रम फैल्याउने गरि काम भएको उनको भनाइ छ । वास्तविक कुरा जानकारी नभई विवाद झिक्ने काम भएको उनको तर्क छ । 

यो संयुक्त रास्ट्र संघ ले अनुमोदन गरेको बिषय हो ।, उनले भने, बर्षमा ५ अरब डलर दिने कुरा हो । त्यो पनि निश्चित मापदण्ड पूरा गरेका मुलुकमा एमसिसी लागू गर्ने भनिएको छ । यहाँ काहीँ नभेको राष्ट्रीयता को कुरा निकालिएको छ । 

सुशील कोइराला प्रधानमन्त्री र आफू अर्थमन्त्री हुँदानै यातायात र उर्जामा काम गर्ने गरि एकसिसी स्वीकृत गर्ने काम भएको उनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर