सात वर्षे बालकमाथि १४ वर्षीय किशोरको अपाकृतिक मैथुन 

सुनसरी । सुनसरीमा ७ वर्षे बालकमाथि अप्राकृतिक मैथुनको आरोपमा १४ वर्षीय एक किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पीडित बालक पक्षका अभिभावकको उजुरी पश्चात सुनसरी प्रहरीले उक्त १४ वर्षीय किशोरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार उजुरी दर्ता समेत भइसकेको छ । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार घटना इनरुवा ५ मा रहेको एक सामुदायिक विद्यालयको हो ।

विद्यालयको शौचालयमा लगेर १४ वर्षीय किशोरले सात वर्षीय बालकमाथि अप्राकृतिक मैथुन गरेको भनि उजुरी प्राप्त भएको प्रहरीले जनाएको छ ।

उजुरीमा मलद्वारमा लिङ्ग छिराई अप्राकृतिक मैथुन गरेको भनिएको छ ।प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताउँदै अनुसन्धानमा रहेका सो किशोरलाई अभिभावकको जिम्मा लगाउने वा बाल सुधार केन्द्रमा पठाउने भन्ने विषय कानूनसंगत तवरले टुङगो लगाइने जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर