झापाको कन्काई नगरपालिकामा प्रभावकारी बन्दै सुत्केरी पोषण कार्यक्रम

झापा । झापाको कन्काई नगरपालिकाले नगर भित्र सुत्केरी पोषण कार्यक्रम ल्यााएपछि सर्वसाधारणले राहतको महसुस गरेका छन् । कन्काई नगरपालिकाले नगर भित्रका ९ वटै वडामा सुत्केरी पोषण कार्यक्रम सुरु गरिसकेको छ । २०७४ सालमा स्थानिय निकायमा जनप्रतिनिधिहरु चुनिएपछि उप मेयर सुत्केरी पोषण कार्यक्रम ल्यााएर २ हजार ७५ सालदेखि लागु गरिएपछि हाल सम्ममा ३ सय ३२ जना भन्दा बढिले यो सेवा पाइसकेका छन् । 

कन्काई नगरपालिका १ की पूजन बाह्रकोटी नगरले सञ्चालन गरेको उप मेयर सुत्केरी पोषण कार्यक्रम मार्फत पाएको राहतले दङ्ग छिन् । पहिलो पटक सुत्केरी ह“ुदा यो सेवाको प्रचलन नभएपनि २ हजार ७५ सालमा दोश्रो पटक सुत्केरी हु“दा २ के.जी.घ्यू र १ थान सुपानेट झुल पाउ“दा आफु मख्ख परेको उनी बताउछिन् । 

स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि उप मेयर सुत्केरी पोषण कार्यक्रम ल्याएर २०७५ सालदेखि कार्यक्रम लागु गरिएको र यसले नगरमा सुत्केरी हुनेहरुलाई राहत मिल्ने गरेको कन्काई नगरपालिकाकी उपमेयर मञ्जुदेवी प्रसाईको भनाइ छ ।  

चालु आर्थिक बर्षमा मात्रै १ सय १० जनाले यो सेवा लिएको नगरको तथ्याड्डमा उल्लेख छ । हाल सम्म जिन्सी बस्तु घ्यू दिदै गरेको अवस्था भएपनि आगामी दिनमा त्यसको सट्टा नगद २ हजार रुपैया उपलब्ध गराउने योजना तय भई रहेको उप मेयर प्रसाईको भनाइ छ ।  

नेपाल सरकारको स्वास्थ्य कार्यक्रम अन्तर्गत कुपोषणका कारण ख्याउटे, पुड्को पना लगायतका समस्याहरु लाई परास्त गर्न यो निती प्रभावकारि भईरहेको नगरका जनस्वास्थ्य अधिकृत ब्रजेश मेहताले बताए ।  
स्वास्थ्य शाखाहरुमा चेक जा“च गराएको तथ्याड्डको आधारमा सुत्केरी भएका महिलाहरुलाई घरैमा गएर यो सेवा प्रदान गर्दै आएको छ ।

यो सेवा लिनका लागि नगर भित्र स्थाई बसोबास भएको, गर्भावस्थामा नियमीत परिक्षण गराईरहेको, निम्न आयस्तर भएका महिलाहरुमा यो नियम लागू हुने प्रावधान रहेको नगरपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर