• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

विहार : मोदीको सभाभन्दा कम छैन कन्हैया कुमारको विरोध र्याली

विहार। भारतका वामपन्थी युवा नेता कन्हैया कुमार यतिबेला नागरिकता संशोधन कानुन(सिएए), राष्ट्रिय नागरिक रजिस्टर(एनआरसी) र राष्ट्रिय जनसंख्या रजिस्टर (एनपिआर) विरुद्ध एक यात्रामा छन् । 

यस यात्रालाई ‘जन–गण–मन यात्रा’ नाम दिइएको छ । विहारका सबै ३८ जिल्लामा सिएए र एनआरसीको विरोध गर्ने मानिसलाई एकजुट गर्न यात्रा निकालिएको छ । 

शुक्रबार कटिहारहुँदै र्याली भागलपुर पुग्यो, जहाँ साझ चम्पानगरको नीलमही मैदानमा एक सभाको आयोजना भयो, जसमा करिब एक लाखभन्दा बढी मानिस सहभागी भए । सभा सहिएपछि कन्हैया हबीबपुरको एक गेस्ट हाउसमा बसे । 

त्यही दिन हबीबपुरमा सिएए विरोध धर्नामा बसेका महिलाहरुले कन्हैयालाई प्रदर्शनमा सहभागी हुन निमन्त्रणा गरेका थिए, तर सुरक्षाको कारण देखाउँदै प्रहरीले कन्हैयालाई बाहिर निक्लन दिइएन । 

प्रहरीको सल्लाह मान्दै कन्हैया आफू गएनन्, तर उनले र्यालीमा सँगै हिडेको पार्टीको सांस्कृतिक समूहलाई त्यहाँ पठाए । कन्हैया कुमार नआउने खबर सुनेर धर्नामा बसेका महिलाहरुकोक अनुहार खुम्चियो तर, इफ्टाका कलाकारहरुकाे जनवादी गीत र कविताहरुले महिलाहरुको मुहारमा उज्यालो ल्यायाे । 

केही बेरमै प्रदर्शन स्थलमा मानिसको भीड लाग्यो, तालीको गडगडाहट सुन्दा त्यहाँ कन्हैया कुमार नै उपस्थित भएको महशुस हुन्थ्यो ।

धर्नामा अग्रपंक्तिमा बसेका महिलाले भने, ‘उहाँले अझै थुप्रै ठाउँ पुग्नु छ । सुरक्षाको समस्या छ, तर उहाँले आफ्ना दूत हामीबीच पठाउनु भएको छ, हाम्रो लागि यही ठूलो कुरा हो ।’

गान्धीको स्मृति दिवस अर्थात् ३० जनवरीमा सुरु भएको कन्हैया कुमारको यो यात्रा त्यही दिन चर्चामा आयो, जब चम्पारणको भितिहरवा गान्धी स्मारक स्थलमा जानबाट कन्हैयालाई रोकियो र सुरक्षाको कारण देखाउँदै प्रहरीले उनलाई हिरासतमा लिए । यद्यपि उनलाई केही समयपछि छोडियो ।

यस यात्राका दौरान कन्हैयाको र्यालीमाथि थुप्रै पटक आक्रमण पनि भइसकेको छ । कतै–कतै उनलाई बहिष्कार पनि गरियो । कन्हैयाको गाडीमा चप्पलले हानियो । यी सबैका बाबजुद कन्हैयाको यात्रा रोकिएको छैन, न त यात्राको तालिकामा कुनै परिवर्तन गरिएको छ । 

कन्हैयाको समूहमा उनका मित्र पटना आर्टस् एण्ड क्राफ्ट कलेजका छात्र राकेश प्रत्येक सभामा कन्हैयाको सम्बोधनको भिडियो बनाउँछन् । तस्विर खिच्छन् र सामाजिक सञ्जालमा सेयर गर्छन् । 

र्यालीमाथि भइरहेका आक्रमणबारे राकेश भन्छन्, ‘विरोध गर्ने मानिस मुठीभर छन्, तर हामीलाई समर्थन लाखौँको पाइरहेका छौँ । विराेध गर्ने मानिस एक सयभन्दा बढी आएको कुनै घटना छैन, तर हाम्रो सभामा लाखौँ मानिस जुटिरहेका छन् । यो हाम्रो शक्ति होक । हामीमाथि आक्रमण गर्नेलाई पनि सम्मान गर्छौ । किनकि हामी गान्धीलाई मान्ने मान्छे हौँ । हामी उनीहरुसँग लड्न चाहदैनौँ । बरु उनीहरुलाई हामी आफ्नै तरिकाले सम्झाउछौँ ।’

दिनमा दुई सभा आयोजना गरिरहेको राकेशले बताए । ‘यदि दुवै सभालाई जोड्ने हो भने कन्हैया कुमार दिनमा कम्तिमा एक लाख मानिसलाई सम्बोधन गरिरहेका छन् । र जहाँ सभा हुन्छ त्यहाँ सयौँ मानिस कन्हैयाको भाषणलाई सामाजिक सञ्जालमा लाइभ गर्छन्, जसबाट हजारौँ मानिस हामीसँग अप्रत्यक्ष रुपले जोडिन्छन् । हामीले यस्ता ५० सभाहरु गर्नुछ र मानिसलाई जोड्नुछ ।’ 

कन्हैया कुमारको यो यात्रा ‘संविधान बचाऔँ, नागरिकता बचाऔँ’ र्यालीका लागि हो, जुन २९ फेब्रुअरीमा पटनाको गान्धी मैदानमा प्रस्तावित छ । कन्हैया कुमारकोक समूहका साथीहरुका अनुसार, उक्त र्यालीमा देश तथा विदेशका कला, सिनेमा तथा साहित्य जगतका सयौँ हस्तीहरु पनि सहभागी हुनेछन् र यो वामपन्थीको परम्परागत र्यालीहरुभन्दा थुप्रै आयामले फरक हुनेछ । 

आफ्ना सभाहरुमा कन्हैया कुमार बारम्बार अपिल गरिरहेका हुन्छन् कि २९ फेब्रुअरीमा पटनाको गान्धी मैदानमा सहभागी होऔँ र संगठित भएर विरोध गरेर सरकारमाथि दबाब बनाऊँ । 

कन्हैया कुमारको यस यात्राको आयोजक सिएए, एनआरसी र एनपीआर विरोधी संघर्ष मोर्चा हो, जसमा सयौँ संगठन सहभागी छन् । हिजोआज गान्धी मैदानमा प्रधानमन्त्री(नरेन्द्र मोदी) तथा मुख्यमन्त्रीको सभाहरुमा जुट्ने भीड जत्तिकै कन्हैयाको जिल्लाको सभाहरुमा भीड लाग्ने गरेको आयोजकको दावी छ । 

गान्धी कन्हैयाको मैदानमा प्रस्तावित र्यालीलाई केही प्रश्नहरु पनि उठिरहेका छन् । के कन्हैयाले त्यति नै भीड जम्मा गर्न सक्लान् त ? यदि दावी अनुसार भीड सहभागी भए भने के हुन्छ ? जस्ता प्रश्न उठिरहेका छन् । 

यी प्रश्नहरु यस कारण उठिहरेका छन्, किनकि अहिलेसम्म जति ठाउँमा सभा भयो, त्यहाँ विरोध पनि भएको देखियो । भीड जुट्ने वा नजुट्ने प्रश्न कन्हैयालाई प्रहरी तथा प्रशासनको कतिसम्मको सहयोग मिल्न सक्छ भन्ने कुरामा निर्भर रहन्छ ।

‘जसरी हामीलाई मानिसको समर्थन मिलिरहेको छ, त्यस दिन पटनाको कुनाकुना भरिने विश्वास छ । गान्धी मैदानमा यसअघि नभएको र्याली हुनेछ,’ कन्हैयाका मित्र रोशक बताउँछन् । 

जिल्ला–जिल्लामा हुने कन्हैया कुमारको सभाहरुमा लाखौँ मानिस सहभागी भइरहेका छन् भन्ने कुरामा दुई मत छैन । यदि यी सबै भीड पटनामा भेला भए भने यसले थुप्रै महत्व राख्नेछ । 

गान्धी मैदानमा सबैभन्दा बढी भीड जेपीको आन्दोलनको समयमा उर्लिएको बताइन्छ । त्यस समय पटना सहरको अधिकांश सडकहरु ब्लक भएका थिए । 

कन्हैया कुमारले यदि आफ्नो आशा अनुसार भीड जम्मा गर्न सके भने त्यो विहारको विपक्षीको आँखाको तारो बन्नेछ । यस समय विहारमा विपक्षी सेलाएको देखिन्छ र यो कुरा कन्हैया राम्ररी जान्दछन् । विहारमा अर्को वर्ष विधानसभा चुनाव छ । यस हिसाबले पनि पटनाको र्यालीले निक्कै महत्व राख्ने एक वरिष्ठ पत्रकार मणिकान्त ठाकुर बताउँछन् । 

कन्हैया आफ्नो भाषणमा सडक, स्वास्थ्य, शिक्षाका कुरा गर्छन् साथी उनी प्रदेशका समकालिन मुद्दाबारे पनि बोलिरहेका छन् । यस यात्रामा कन्हैया कुमारको सुरक्षा व्यवस्था निक्कै कडा गरिएको छ । कन्हैयाको आफ्नै समूहका मित्रहरुले पनि परिचय पत्र बिना भेट्न पाउँदैनन् । 

कन्हैयाको यो यात्रा कति सफल हुनेछ र आउने २९ फेब्रअरीमा पटनामा कति भीड जम्म गर्न सक्छन् यो त समयले बताउँनेछ, तर कन्हैया सिएए र एनआरसी विरुद्ध पुरै भारतको सबैभन्दा ठूलो राजनीीतक आवाज भएर उठेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर