कर्णाली प्रदेश : नेकपाकै सांसदद्वारा सरकारको कामको आलोचना

सुर्खेत । कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरुले सरकारको काम कारबाहीको आलोचना गरेका छन् । शनिबार सत्तारुढ नेकपाको संसदीय दलको दोस्रो बैठकमा उपस्थित सदस्यहरुले सरकारको कामको आलोचना गरेका हुन् ।

‘सरकारले जुन गतिमा काम गर्नु पर्ने हो, त्यो गतिमा सरकारको काम अगाडि बढ्न सकेका छैनन् त्यो जिम्मेवारी सबै सरकारमा सहभागी मन्त्री र मुख्यमन्त्रीले लिनुपर्छ अरु  जिम्मेवारी पार्टीले लिने ठाउँमा पार्टीले पनि लिन तयार हुनुपर्छ’ बैठकमा सहभागी एक सांसदले समाचार दैनिकलाई बताए । 

संसद भित्रका विभिन्न समितिहरुले आफ्नो कामलाई प्रभावकारी बनाउन नसक्दा संसदले काम नपाएको भन्दै प्रदेश सभा सदस्यहरुले आचोलना गरका हुन् । सरकारमा सहभागी भएका मन्त्रीहरुले आफ्नो प्रगति विवरण बैठकमा राखे पनि सांसदहरु भने मन्त्रीहरुले बुझाएको प्रगति विवरणमा सन्तुष्ट नभएको सहभागी एक प्रदेश सभा सदस्यले नाम नबताउने शर्तमा समाचार दैनिकलाई भने । 

गत वर्ष साउनमा बसेको संसदीय दलको बैठकमा सरकारको खरो आलोचना भएको भएपनि त्यो भन्दा पछि सरकारले आफ्नो मनपरि गर्न नछोडेको भन्दै अधिकांश सांसदहरु आक्रोशित भएका थिए । ती सांसदका अनुसार जति सरकारको आलोचना गरे पनि सरकारको गति भनेको उस्तै रहेकोले अबको दिनमा भने केहि सुधार होला कि भन्ने आशा गरिएको छ ।

बैठकमा ज्येष्ठताको आधारमा गठन गरिएका संसदीय समितिहरुलाई कानूनी प्रक्रिया पूरा गरेर  अबको केहि समयमा नै संसदीय समितिहरु पुर्नगठन गर्ने गरी छलफल भएको प्रदेशसभा सदस्य सिता नेपालीले बताईन् । 

सरकारमा सहभागी एक मन्त्रीले भने, ‘सरकारको आलोचना हुनु भनेको राम्रो विषय हो । तर धेरै साथिहरु आलोचनाको नाममा सरकारको राम्रा कामलाई सहयोग गर्न छोडेर नराम्रो कामलाई मात्रै कोट्याउदै हिड्ने गरेका छन् ।’

प्रदेश सभा सदस्य बदमी बोहराका अनुसार सरकारले गरेका निर्णयहरुलाई कार्यन्वन गर्ने क्रममा एकले अर्को मन्त्रालयमा बाधकको रुपमा बुझ्ने शैलीले पनि सरकार प्रतिको बुझाई गलत हुन गएको बताएकि थिइन् । उनले केही मन्त्रालयको योजनालाई कार्यन्वन गर्नको लागि अर्थ मन्त्रालयसँग समन्वय गर्नु पर्ने भएकोले त्यहाँ राम्रो समन्वय नहुँदा योजना कार्यान्वयनमा बाधा पुगेको उनले बताइन् । 

शनिबारको बैठकबाट संसदीय समितिहरु लाई अब प्रक्रिया पु¥याएर जति सक्दो छिटो समितिको अध्यक्षको लागि चुनाव गराएर समितिहरुलाई मुर्तरुप दिनु पर्नेमा प्रदेश सभा सदस्यहरुले बैठकमा कुरा उठाएकोले अब समितिहरु पुर्नगठन हुने पनि स्रोतले जानकारी दियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर