• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

अन्तरजातीय विवाहको सजाय : गौहुत र गोबर खानुपर्ने

भूपेश यादव र आस्था जैन

एजेन्सी । भारतको उत्तर प्रदेशको झाँसी जिल्लामा केही मानिसले सामाजिक बहिष्कारलाई फुकुवा गर्ने बाहानामा एक दम्पतिलाई गोबर खान र गौहुत पिउनु पर्ने फैसला सुनाइयो । 

यदि उक्त तम्पतिले यसो नगरे पाँच लाख भारु अर्थदण्ड दिनुपर्ने आदेश पनि पञ्चायतले सुनायो । यद्यपि, प्रहरी सही समयमा पुगेर पञ्चहरुलाई रोकेको छ र ६ जनाविरुद्ध कारवाही पनि गरेको छ । उक्त पञ्चायतले अन्तरजातीय विवाह गर्नुलाई दम्पतिको अपराधको रुपमा हेरेको छ ।

झाँसीको प्रेमनगर क्षेत्रस्थित ग्वालटोलीका वासिन्दा भूपेश यादवले करिब पाँच वर्षअघि आस्था जैनसँग अन्तरजातीय विवाह गरेका थिए । दुवै परिवारको मञ्जुरीमा भएको विवाह समाजका मान्छेलाई मन नपरेकोले उनीहरुलाई समाजबाट बहिष्कार गरिएको भूपेशले बिबीसीसँग बताए । 

भूपेशका अनुसार समाजबाट बहिष्कृत गरेर पनि उनका बुबालाई धम्की दिइने गरिन्थ्यो । गत वर्ष भूपेशको बहिनीको विवाहमा पनि समाजका कोही आएनन् । अहिले पञ्चायतले समाजबाट बहिष्कारको फैसलालाई उल्ट्याउन भूपेशकी पत्नीले गोबर खानुपर्ने र गौहुत पिउनुपर्ने एक फैसला सुनाएको हो ।

‘यो नगर्दा पाँच लाख रुपैयाँ दिनुपर्नेछ । हामीले पञ्चायतको सर्त मान्न अस्विकार गर्यौँ,’ भूपेशले भने । 

उनले पञ्चायतको यस फैसला विरुद्ध जिल्लाको उच्च अधिकारीसमक्ष् लिखित निवेदन दिए । त्यसपछि जिल्लाका अधिकारीहरुले दम्पति र फैसलाबारे छानबिन गर्यो । 

यस मुद्दामा जाँच भइरहेको डिएम शिव सहाय अवस्थीले बताएका छन् । समाजको तर्फबाट फैसला सुनाउने पञ्चहरु विरुद्ध मुद्दा दर्ता गरिएको छ । त्यस्तै दम्पतिलाई सुरक्षा प्रदान गरिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर