• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

कोरोना भाइरसकाे असर : टेलिश्रृंखलामा चुम्बनका दृश्य प्रतिबन्ध 

एजेन्सी । चीनको उहान प्रान्तको हुबेई सहरबाट उत्पन्न भएको प्रकोप कोरोना भाइरसको बढ्दो संक्रमणबाट पुरै विश्व नै भयभीत छ । 

यसबीच ताइवानमा कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गर्दै टेलिभिजन श्रृंखलाहरुका लागि चुम्बनका दृश्य छायांकनमा प्रतिबन्ध लगाइएको छ । 

युनाइडेट डेलीको खबर अनुसार, ताइवानमा सुटिङमा कलाकारहरुलाई धेरै नजिक आएर कुराकानी नगर्न सल्लाह दिइएको छ । 

ताइवानको फोरमोसा टेलिभिजनबाट प्रसारित ‘गोल्डेन सिटी’ श्रृंखलामा अभिेनत्री मिया चिऊ र अभिनेता जुन फूबीच लामो समय चुम्बन गरिरहने जोडीको रुपमा चर्चित छन् । तर, अब कोरोना भाइरसको खतराका कारण उनीहरुको चुम्बनको दृश्य हेर्न नपाउने बताइएको छ । 

यद्यपि, अभिनेत्री चिऊले कोरोनाको संक्रमणलाई रोक्नका लागि जारी गरिएको प्रतिबन्धप्रति आफू खुशी भएको बताएकी छिन् । उनले दृश्यलाई पुरा गर्नका लागि हल्का चुम्बन नै पर्याप्त हुने बताएकी छिन् । 

त्यसैगरी, अर्को टेलिभिजिन श्रृंखला ‘स्विट फेमिली’मा पनि अभिनेता किंगोन वांगलाई यस्ता दृश्य नदिन बताइएको छ । 

ताइवानमा यतिबेला कलाकारहरु भीडभाडमा सुटिङ गर्न र अन्तरंग दृश्य दिन बचिरहेका छन् । फिल्म निर्माणसँग जोडिएका सदस्यहरुलाई पनि मास्क लगाउन बताइएको छ । 

कोरोना भाइरसको संक्रमणबाट सोमबारसम्म चीनमा मात्रै ९०८ को मृत्यु भएको छ । उहानको हुबेईमा आइतबार एकै दिनमा १०७ को मृत्यु भएको बताइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर