व्यावसायिक र उत्तरदायी पत्रकारिता आजको आवश्यकता : मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले स्वच्छ, निष्पक्ष, व्यावसायिक, जवाफदेही र उत्तरदायी पत्रकारिता आजको आवश्यकता हो भनेका छन् ।

नवौँ विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ ९अकोराब० प्रदेश नं २ ले महोत्तरीको बर्दिवासमा आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले समाजको सकारात्मक परिवर्तनमा पत्रकारिता क्षेत्रले सम्वाहकको भूमिका निर्वाह गर्ने भएकाले सत्य, तथ्य र यर्थाथपरक समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गरे ।

मुख्यमन्त्री राउतले आफ्नो व्यावसायिक स्वतन्त्रताप्रति पत्रकार र सञ्चारक्षेत्र सचेत र सजक रहनुपर्ने बताउँदै सञ्चारमाध्यमको विकास र विस्तारका लागि तीन वटै सरकारले यथेष्ट बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए ।
प्रदेशसभा सदस्य शारदादेवी थापाले स्वच्छ, स्वतन्त्र र व्यवसायिक पत्रकारिताको विकासका लागि सरकार गम्भीर हुनुपर्ने बताए ।

अकारोबका महासचिव गोविन्द देवकोटाले सामुदायिक रेडियोको उन्नयनका लागि प्रदेश र स्थानीय तहका सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।

अकारोबका उपाध्यक्ष निमेष कर्णको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्की, नेपाल पत्रकार महासङ्घका पूर्वकोषाध्यक्ष शीतल साहलगायतले पत्रकारिता क्षेत्रको वर्तमान अवस्था, चुनौती र आगामी दिनमा गर्नुपर्ने कार्यको विविध पक्षमाथि प्रकाश पारे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर