प्रथम सहिद लखन स्मृति दिवसमा प्रचण्ड गोरखा आउने

गोरखा । नेपालका प्रथम सहिद लखन थापा मगरको १४३ औं स्मृति दिवस कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड फागुन २ गते गोरखा आउने भएका छन् ।

 वि.सं. १९३३ सालमा गोरखा जिल्लाको बुंकोट स्थित काउलेभंगारमा खिर्राको रुपमा झुण्ड्याएर तत्कालिन राणा शासकले थापाको हत्या गरेका थिए । उनीसँगै जैसिङ चुमि राना मगरलाई पनि सोही स्थानमा हत्या गरिएको थियो ।

सहिद लखन थापा गाउँपालिकाको आयोजनामा हुने उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्डको स्वागतका लागि सम्पूर्ण तयारी पूरा भएको गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए ।

सहिदको शालिक रहेको स्थान काउले भंगारमा विहान १० बजेबाट कार्यक्रम सुरु हुने उनको भनाई छ ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर