• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

कोरोना भाइरसको औपचारिक नाम राखियो - कोभिड–१९

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसबाट हुने रोगको औपचारिक नाम कोभिड–१९ राखेको छ ।

‘अब उक्त रोगको नाम कोभिड–१९ हो,’ सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले जिनिभामा संवाददाताहरूलाई भने । चीनमा उक्त भाइरसबाट मृत्यु हुने मानिसको संख्या एक हजार नाघेको भोलिपल्ट नामकरण भएको हो ।

डा. गेहब्रेयससले उक्त भाइरसलाई परास्त गर्न यथासम्भव प्रयास गर्न सबैलाई आग्रह गरेका छन् । 

चीनमा हजारौँ मानिस यस भाइरसको संक्रमण भएको पुष्टि भएको छ । यद्यपि, संत्रमित बिरामीको संख्या घटिरहेको पनि अधिकारीहरूले बताएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर