रेशम चौधरीको रिहाईको माग गर्दै थरुहट पक्षधर आन्दोलनमा

कैलाली । थरुहट थारुवान राष्ट्रिय मोर्चाको केन्द्रीय संयोजक लक्ष्मण थारूले सांसद रेशम चौधरी सहित सम्पूर्ण राजबन्दीहरुको रिहाईको माग गर्दै फागुन १ गतेदेखि आन्दोलन शुरु गर्ने जनाए ।

बुधबार धनगढटीमा पत्रकार सम्मेलन गरि आन्दोलनको तयारी पुरा भएको बताउदै उनले भने ‘भोली आमरण अनशनको उद्घाटन गछौं, फागुन २ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनसमेत गर्ने कार्यक्रम रहेको छ ।’

थरुहट नेता थारुले शान्ति, सद्भाव र अधिकारका लागि झुठा मुद्धा खारेजी, अधुरो अपुरो कालो संविधान संशोधन, थरुहट थारुवान र आदीवासी जनजाती दलत मुस्लिम मधेशी लगायतसंगको सहमति कार्यन्वयन गर र लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायतको माग गर्दै लामो समय सम्म दबाब दिंदा समेत सरकारले आफूहरुलाई नटेरेको बताए ।

उनले टीकापुरको क्रममा थारुहरुको घरमा छानी–छानी लुटपाट र आगजनि गराउनेलाई कर्बाहीको मा कैलालीका तत्कालीन प्रहरी नायव उपरिक्षक डिएसपी विश्वराज खड्काको हात रहेको आरोप लगाएका छन् ।

उनले भने–‘अब हामी अलिकति पनि बिचलित नभएर, देशको शान्ति र सद्भाव नबिगार्ने गरी हामी आन्दोलनको घोषणा गरेका छौ । फागनु १ गतेदेखि मेरै नेतृत्वमा धनगढी अमरअनसनमा बस्दैछौ । २ गतेदेखि देशव्यापी रुपमा प्रदर्शन गछौ । यदि त्यतिले भएन भने हामी फागुन ५ गतेदेखि ३ दिन आमहड्तालको घोषणा गर्दैछौ ।

यसैबीच खसान राष्ट्रिय संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष एंव सुदूरपश्चिम अध्यक्ष रघुवीर ठगुन्नाले राज्य पुनःसंरचनाको क्रममा खसहरुलाई अन्यायमा पारे बताए । उनले खस समुदायको हक हितकोलागि थरुहट आन्दोलानलाई सर्मथन गर्ने एक्बद्धता समेत जनाए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर