• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

कोरोना भाइरस लागेको भनेर नाटक गर्ने युवालाई रुसमा पाँच वर्ष जेल सजाय

एजेन्सी । कोरोना भाइरसको नाटक गरेको भन्दै रुसमा एक प्य्राङ्कस्टरलाई पाँच वर्ष जेल र पाँच लाख रुबल (रुसी मुद्रा) जरिमानाको सजाय सुनाएको छ । सार्वजनिक ठाउँमा मानिसलाई दुःख दिएको र डर त्रास देखाएको आरोपमा ति युवकलाई जरिवाना सजाय दिएको हो ।

युवकले रेलमा गरेको प्य्राङ्क अहिले भाइरल भएको छ । युवकको भिडियो पहिलो पटक २ फेब्रुअरीमा प्य्राङ्क साइटमा आएको थियो । तथापि, अहिले साइटबाट उक्त भिडियो हटाइएको छ ।
भिडियो कहिले छायांकन भएको हो भन्ने स्पष्ट छैन । प्रहरीले युवकलााई सोमबार पक्राउ ग¥यो र भिडियो छायाँकन गर्न सघाउने उसको साथीको खोजी गरेको छ ।

प्य्राङ्क भिडियोमा युवक मानिसको भिड रहेको मेट्रो रेलभित्र अचानक लडेको देखिन्छ । युवकलाई उठाउने प्रयास गर्दा उ अचानक कामेको जस्तो गर्छ र मानिस आत्तिएर भाग्छन् ।

युवकका वकिलले भने उनले मानिसलाई डराउनभन्दा पनि सावधान गराउन चाहेको बताए । रुसमा हालसम्म दुई जना व्यक्तिमा कोरोनाभाइरस देखिएको छ । साइबेरियामा भने १४४ व्यक्तिलाई संक्रमणको आशंकामा निगरानी क्याम्पमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर