सहिदनगर नगरपालिकाले पनि दियाे जनयुद्ध दिवसमा सार्वजनिक विदा

जनकपुरधाम । धनुषाको सहिदनगर नगरपालिकाले ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक विदा दिएको छ । 

धनुषाको शहीदनगर नगरपालिकाले बिहीबारका लागि सार्वजनिक बिदा दिएको हो । जनयुद्धको अवसरमा  सार्वजनिक बिदा दिइएको यो दोश्रो घटना हो । यसअघि कालिकोटको पालाँता गाउपालिकाले पनि जनयुद्ध दिवसका दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।  

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकुमार झाले बिहीबार नगरपालिका र अन्तर्गतका कार्यालयहरूमा सार्वजनिक बिदा दिएको पत्र मार्फत जानकारी गराएका छन् ।

तत्कालीन माओवादीले ०५२ साल फागुन १ गतेबाट ससस्त्र जनयुद्धको सुरुवात गरेको थियो ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर