• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

प्रेम दिवस मनाउन रानीमहलमा युवा युवती

पाल्पा । प्रेम दिवस मनाउनका पाल्पाको रानीमहलमा प्रेम जोडिहरुको भिडभाड लागेको छ । प्रेम प्रतिकका रुपमा चिनिने रानीमहलमा जिल्लासंगै छिमेकी जिल्लाबाट पनि बाक्लो रुपमा प्रेम जोडिहरु रानीमहल पुग्ने गरेका छन् ।

खड्गशमसेरले आफ्नी रानी तेजकुमारीको माया, प्रेम र सम्झनामा कालीगण्डकी नदी किनारमा बनाएको रानीमहल अहिले पर्यटकको आकर्षक गन्तव्यस्थल बनेको छ । प्रेम दिवसमात्र नभएर अन्य समयमा पनि रानीमहलमा आन्तरीक पर्यटक र प्रेम जोडिहरुको भिड लाग्ने गरेको छ । रानीमहलको मर्मत सम्भार र रंगरोगनका साथै आसपासमा भौतीक संरचना विस्तार भएसंगै यरानीमहल पुग्ने पर्यटकहरुको संख्यामा वृद्धि हुदै आएको स्थानीय सुसिल कुवंरले बताए ।

एक सय २५ वर्षअघि बनेको ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको रानीमहल दरबारलाई भारतको ताजमहलसंग दाजिने गरिन्छ । युनानी शैलीमा बनेको रानीमहल दरबार क्षेत्र भित्र पानीपोखरी, बगैचा, कलश, आधुनिक शैलीको पार्क, घोडा वाध्ने तवेला र सित्तलपाटीले आसपासमा प्रेम जोडिहरु रम्ने गरेका छन् ।

प्रेम दिवसका अवसरमा रानीमहल दरबारमा जिल्लाका विभिन्न स्थानसंगै छिमेकी जिल्लाबाट पनि बाक्लो रुपमा युवा युवतीहरु पुगेका छन ।

प्रेमको प्रतिकका रुपमा यस दरबारलाई लिईने हुदाँ युवा युवतीहरु यस दरबारमा प्रेम दिवसमा पुग्ने गरेका हुन् । सरकारले पर्यटकीय गन्तव्यको रुपमा राखेको रानीमहललाई प्रेम जोडि मात्र नभएर स्वदेशी र विदेशी पर्यटकको प्रमुख गन्तव्यस्थल समेत बनाउन प्रदेश सरकारले पनि सडक विस्तारमा लगानी गरेको छ भने स्थानीय तहबाट रेखदेख हुदै आएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर