यस्ता छन् प्रदेश ५ सरकारका ७ निर्णय

बुटवल । प्रदेश ५ सरकार मन्त्रीपरिषदको शुक्रवारको बैठकले विभिन्न ७ वटा निर्णय गरेको छ । शुक्रवारको मन्त्रीपरिषद बैठकले प्रदेश स्वस्थ्य नीति, स्वीकृत गरेको छ । त्यस्तै, प्रदेश भवन नियमावली पनि बैठकले स्वीकृत गरेको छ ।

बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरणको अस्थायी दरवन्दी संरचना स्वीकृत गरेको छ । त्यस्तै प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिक तथा सेवा सुविधा सम्वन्धी मापदण्ड पनि स्वीकृत गरेको छ । 

प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीका अनुसार बैठकले प्रदेश गौरवका आयोजना निर्धारण सम्वन्धी मापदण्ड स्वीकृत गरेको छ । प्रदेश गौरवका आयोजना हुनका लागि जनसंख्यादेखि बजेट निश्चित हुनुपर्ने गरी मापदण्ड बनाइएको छ । 

त्यस्तै प्रदेश पदक (पहिलो संशोधन) नियमावली स्वीकृत गरिएको छ । मन्त्री चौधरीका अनुसार बैठकले होमस्टे संचालन नियमावली समेत स्वीकृत गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर