जुवा खालबाट १४ जुवाडे पक्राउ 

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले जुवाको खालबाट १४ जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्लाको रामपुर नगरपालिका–५, रानाटोलबाट स्थानीय रुद्रकुमार श्रेष्ठको घरमा तास खेलिरहेका बेला नगदसहित उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जुवाको खालबाट  ८ बुक तास र १ लाख ३ हजार २ सय ८५ रुपियाँ नगद रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए । पक्राउ पर्नेमा रामपुर नगरपालिका ५ का नरेन्द्र काफ्ले, काशिनाथ रेग्मी, श्यामकान्त शर्मा, फत्त बहादुर थापा, भेष बहादुर शाही, यादव प्रसाद भण्डारी, वडा नम्बर ४ का चाम बहादुर शाही, जोर महमद, निलकण्ठ खाम्चा, देब शेन, तिर्थ बहादुर थापा तथा निस्दी गाउँपालिका ४ का पूर्ण बहादुर बारघरे रहेको प्रहरीले जनाएको छ । 

जुवाडेहरुलाई शुक्रबार राति जिल्ला प्रहरी कार्यालय राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । अनिहरुलाई आईतबारदेखि जुवा ऐन अनुसार मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर