प्रदेश स्थापना दिवसका अवसरमा पाल्पामा रक्तदान

पाल्पा । प्रदेश स्थापना दिवसका अवसरमा पाल्पामा रक्तदान कार्यक्रम गरिएको छ । स्वास्थ्य कार्यालय पाल्पाले आयोजना गरेको रक्तदान कार्यक्रम मार्फत रगतको कमी भएका मानिसलाई जीवनदान गर्नका लागि सहयोग पुग्ने स्वास्थ्य कार्यालयका प्रमुख विश्वनाथ न्यौपानेले बताए ।

जिल्लाका विभिन्न स्थानबाट सकृयतापूर्ण रुपमा रक्तदान गर्ने दाताहरु कार्यक्रममा सहभागी भएको न्यौपानेले बताए । कार्यक्रमको शुभारम्भ गर्दै प्रदेश सभा सदस्य नारायण आर्चायले जनजीविकालाई केन्द्रित गरि विकासका काममा प्रदेश सरकारले प्राथमिकता दिएर अगाडी बढेको बताए । आर्चायले नेपाल सरकारको सम्वृद्ध नेपाल सुखी नेपाली अभियान सफल वनाउन प्रदेश सरकारले स्वास्थ्य,शिक्षा, पर्यटन,कृषि र पूर्वाधारमा लगानी बढाएको बताए ।

उनले रक्तदान जीवन दान भएकोले यस पुन्यको काममा सवैको सहभागिता रहनुपर्नेमा र प्रदेश सरकारले पनि स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम राखेको बताए । कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका कार्यवाहक प्रमुख मिरा मरासिनीले रगत अभावमा हुने सम्भाव्य घटनालाई रोक्न रक्तदान कार्यक्रम सफल हुने विश्वास व्यक्त गरिन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर