मन्त्री साहलाई राजपाकै विद्यार्थी नेताको कालो झण्डा, १० जना प्रहरीको नियन्त्रणमा

जनकपुरधाम । प्रदेश दुईका सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई कालोझण्डा देखाउन पुगेका राष्ट्रिय जनता पार्टी नेपालकै १० कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।  आज बिहान ११ बजे जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरको निरिक्षण गर्न पुगेका मन्त्री साहलाई कालोझण्डा देखाउन पुगेका राजपाका विद्यार्थी नेताहरु रोशन मिश्रा, दिनेश यादव, विरेन्द्र साह, शिवशंकर साह, करण मिश्रा सहितका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको धनुषाका प्रहरी निरीक्षक अशोक झाले जानकारी दिए ।

जानकी हेल्थ केयर अस्पतालमा आज आयोजित खोप कार्यक्रममा सहभागी हुन गएका मन्त्री साहलाई राजपा पार्टीकै विद्यार्थी नेताहरुले कालो झण्डा देखाउनै लाग्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ती विद्यार्थी नेताहरु अस्पताल अगाडी नै कालोझण्ण्डाका साथै कालोमसो दल्ने योजनाका साथ अस्पताल बाहिरै खडा भएपछि मन्त्री साह डेढ घण्टा बन्दी झै भएका थिए । 

शुक्रबार राजपा नेपालका धनुषा जिल्ला अध्यक्ष मण्डलका सदस्य ज्ञानेन्द्र झा ज्ञानु सहित केही नेताहरु मन्त्री साहको चेम्बरमा मन्त्रालय र मन्त्रीको कामाकारबाहीको विषयमा असन्तुष्टि व्यक्त गर्न पुगेका थिए । सोही क्रममा मन्त्री साहले नेता झालाई तपाईंको के औकात भनेर भनेका थिए । त्यसपछि नेता झाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै मन्त्री साहलाई औकात भए जनकपुरको कुनै कार्यक्रममा सहभागी भएर देखाउन चुनौती दिएका थिए । त्यसपछि राजपाकै विद्यार्थी नेताहरुले मन्त्री साहलाई कालो झण्डा देखाउन पुगेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर