समतामुलक समाज निर्माण तर्फ सरकार अघि बढ्ने विश्वास

विराटगनर । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले समाजवाद उन्मुख र समतामुलक समाज निर्माणतर्फ प्रदेश सरकार अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । प्रदेश सरकार स्थापना भएको दुई वर्ष पुरा गरेको अवसरमा शनिवार आयोजित कार्यक्रममा प्रदेश प्रमुख अधिकारीले सरकारले गरेको उपलव्धिमुलक कामको अनुभूति जनताले गर्न पाउनुपर्ने बताए ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन भएर महत्वपूर्ण उपलव्धी प्राप्त भएकोमा प्रदेश प्रमुख अधिकारीले सरकारको प्रशंसा  पनि गरेका छन् । उनले दुई वर्षको छोटो अवधिमा शिक्षा, स्वास्थ्य, शान्ति सुरक्षा तथा विकास निर्माण आदि क्षेत्रमा प्रप्त गरेको उपलव्धीप्रति प्रसंशा गरे ।

समृद्ध नेपाल र सुखि नेपालीको नारालाई सफल बनाउँदै समाजवाद उन्मुख अभियानमा सरकार अघि बढ्नु पर्ने सुझाव दिएका छन् । त्यसकालागि सरकार भ्रष्टाचारका विरुद्ध सुन्य सहनशिलताको नीतिकासाथ अघि बढ्न जरुरी रहेको बताए । उनले भ्रमण वर्ष २०२० सफल बनाउन सरकारले सफलता प्राप्त नर्गे समतामुलक विचारबाट प्रदेश अघि बढ्ने विश्वास व्यक्त गर्दै आगामी दिनमासमेत सरकार सफलतापूर्वक अघि बढ्ने शुभकामना व्यक्त गरे । 

प्रदेश प्रमुख अधिकारीले प्रदेश सरकार समुन्नत र समानताको दिशामा अघि बढ्ने विश्वास पनि उनले व्यक्त गरेका छन् । प्रदेश प्रमुख अधिकारीले युवा उद्यमशिलता, सिमान्तकृत समुदायको खाद्यान्नमाथिको पहुँचजस्ता कार्यक्रम र नाराहरु प्रभावकारीरुपमा कार्यान्वयनका लागि शुभकामना व्यक्त गरे । 

सरकारले गरेको काम कारवाहीको विषय र अहिलेसम्मको उपलव्धीको विवरण सार्वजनिक गर्दा जनता समक्ष सात्क्षतकार भएको अनुभूति आफुले गरेको उनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर