आरोह अवरोहका बिच प्रदेशको दुई वर्ष सफल रह्यो : मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले आरोह अवरोहका बिच प्रदेश सरकारको दुई वर्षे कार्यकाल सफल रहेको दावी गरेका छन । 

प्रदेश दुई सरकारको दुई वर्ष पूरा भएको अवसरमा पत्रकार सम्मेलनको आयोजना गरी मुख्यमन्त्री राउतले आफ्नो दुई वर्षे कार्यकाल सफल रहेको दावी गरे ।

संघियतालाई असफल पार्ने तत्वहरु सक्रिय रहेको समयमा प्रदेश सरकारलाई संघियतालाई संस्थागत गर्न तर्फ अगाडी बढी रहेकोले आफ्नो नेतृत्वको सरकार सफल रहेको बताए । उनले भने ‘संघ सरकारको तर्फबाट असहयोग भईरहेको छ, प्रदेशका अधिकारहरु कटौती गरिदैछ त्यस बिरुद्ध हामीहरु आवाज उठाई रहेका छौँ ।’ 

देशमा संघियता र प्रदेश दुई सफल भए मात्रै संघियताको रक्षा हुने बताउँदै मुख्यमन्त्री राउतले संघियता संस्थागत गर्न प्रदेश सरकार लागि परेको बताए । 

प्रदेश सरकार परिवर्तनको हल्ला छ नि ? प्रश्नमा मुख्यमन्त्री राउतले यो सरकार पूरै कार्यकाल रह्ने दावी गरेका छन् । उनले जनताको म्याण्डेटबाट बनेको सरकार रहेकोले यो सरकार ५ वर्ष पूरा गर्ने बताए । मुख्यमन्त्री राउतले भने ‘जनताको मत तथा मधेश आन्दोलनको म्याण्डेटबाट तत्कालिन संघिय समाजवादी पार्टी र राजपाको सहमती बनेको मधेशी जनताको यो सरकार हो, अगाडी मलाई लाग्दैन यो सरकार ढल्छ ।’

राजपाका नेताहरु सरकार ढाल्ने तर्फ लागेको हल्ला तर्फ इंगित गर्दै मुख्यमन्त्री राउतले राजपाकै मन्त्रीहरुका कारण यो सरकारको सफल कार्यकाल रहेको बताए । 

प्रदेशमा उपभोक्ताहरुले गरेको कामको भुक्तानीका छिटै हुने उनले जानकारी दिए । प्रदेशसभा तथा मन्त्री परिषदबाट उनीहरुको भुक्तानी गर्न निर्णय भईसकेको अवस्थामा उपभोक्ताहरुको भुक्तानी हुनबाट कसैले रोक्न सक्ने मुख्यमन्त्रीको भनाई थियो । 

उनले एक अर्को प्रसंगमा प्रदेशको राजधानीको विषयमा लगभग सहमति भई सकेको र प्रदेशको नाम मधेश नै हुने दावी गरे । उनले प्रदेशको नाम मधेश प्रदेश हुनेमा शंका नगर्न आग्रह गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर