• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

थप कर तिर्न तयार भयो फेसबुक

एजेन्सी । फेसबुकका संस्थापक मार्क जुगरबर्गले युरोपमा थप कर तिर्न तयार रहेकाे बताएका छन् ।

फेसबुक प्रयोग हुने देशहरुमा फेसबुकले राम्रोसँग कर नतिरेको आरोपकाबीच फेसबुक युरोपमा थप कर तिर्न राजी भएको हो ।

सन् २०१८ मा फेसबुकले बेलायतबाट मात्र विज्ञापन लगायत विभिन्न माध्यममार्फत् १.६५ अर्ब पाउन्ड कमाएको थियो । यद्यपि, फेसबुकले कर भने २८.५ मिलियन पाउन्ड मात्र तिर्यो ।

त्यसबेला बेलायतमा सांसद मार्गरेट होजले फेसबुकले बेलायतलाई निकै न्युन कर तिरेको भन्दै आवाज उठाएका थिए । यसैबीच थप बढाइने कर जति पनि तिर्न आफू राजी भएको जुकरबर्गले बताएका हुन् ।

बेलायतले आगामी अप्रिल महिनामा नयाँ प्रावधान ल्याउँदैछ । जसअन्तर्गत उसले प्रविधि तथा सामाजिक सन्जालबाट हरेकवर्ष ५ सय मिलियन पाउन्ड कर उठाउने छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर