प्रदेश पाँच सरकारको दुई वर्ष, मुख्यमन्त्री भन्छन्–योजना र कानुन निर्माणमा अघि

बुटवल । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकार योजनावद्ध विकास यात्रामा अघि बढेको बताएका छन । 

उनले आवधिक योजना निर्माण र कानुन निर्माणमा अन्य प्रदेश भन्दा अगाडी रहेको प्रदेशको विकास र समृद्धि सबैको साथबाट संभव हुने समेत बताए । प्रदेश ५ सरकारको स्थापना दिवसको मूल समारोहलाई शनिवार बुटवलमा सम्वोधन गर्दै उनले छोटो अवधिमा नै विकासका परिणामहरु देखिन थालेको बताए । 

प्रदेश प्रमुख धर्मनाथ यादवको प्रमुख आतिथ्यतामा भएको मुल समारोह सम्वोधनका क्रममा मुख्यमन्त्री पोखरेलले प्रदेशमा लगानीकर्तालाई आकर्षित गर्न आगामी बैशाखमा लगानी सम्मेलनको आयोजना गरेको, राज्य र जनताबीचको सम्बन्ध जिवन्त बनाउन प्रदेश एक्स्पोको आयोजना गरिएको समेत बताए ।

मुख्यमन्त्री पोखरेलले कृषिकोे आधुनिकिकरण, ब्यवसायीकरण र बजारीकरणलाई उच्च प्रथामिकता दिएको बताए । त्यस्तै प्रदेशका उद्योगीको सामार्थ वृद्धिमा जोड दिएको बताए । उनले प्रदेशको पर्यटन क्षेत्रको विकासले सम्वृद्धिलाई तीव्रता दिने भन्दै प्रदेश सरकारले पर्यटन विकासलाई पनि महत्व दिएको बताए । 

समारोह शुरु हुनु अघि झाँकी र बाजागाजासहितको ¥याली समारोह स्थलमा पुगेको थियो । समारोहमा प्रदेश सरकारका तर्फबाट विभिन्न पदकहरु समेत वितरण गरिएको थियो । विभिन्न क्षेत्रबाट योगदान पु¥याउने ३५ जनालाई विभिन्न पदकबाट सम्मान गरिएको छ ।

राजनीति, समाजसेवा, भाषा, संस्कृति, खेलकुद, कृषि लगायत विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका विशिष्ट महानुभावहरुलाई पदकले विभुषित गरिएको हो । समारोहमा प्रदेशका विभिन्न खेलाडीहरुलाई नगदसहित सम्मान समेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर