ट्याक्टरमा च्यापिएर कैलालीका एक जनाको मृत्यु

कैलाली । ट्याक्टरमा च्यापिएर कैलालीका एक जनाको मृत्यु भएको छ। जिल्लाको लम्की–चुहा नगरपालिका वडा नम्बर ३ बल्चौरमा ट्याक्टरमा च्यापिएर ४२ वर्षिय कृष्ण चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा  प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार शनिबार साझ से १ त ५६५९ नम्बरको ट्याक्टर ट्रलि जोड्न पछाडि जाँदा खाल्डोमा खस्दा चालक चौधरी च्यापिएका थिए।

लम्की–चुहा नगरपालिका वडा नम्बर ७ का चौधरीको उपचारको क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर