सुदूरपश्चिम सरकारले ल्याएको विद्येयक संशोधनको माग गर्दै महासंघले बुझायो ध्यानाकर्षण पत्र

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने गरी ल्याएको  रेडियो, एफएम तथा टेलिभिजन व्यवस्थापन सम्बन्धी विद्येयक संशोधन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम समितिले विद्येयकमा रहेका नमिल्ने बुँदा हटाउन माग गर्दै आज  प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापा, आन्त्रिक मामिला तथा कानून मन्त्री प्रकाश शाह र प्रदेसशभाको विद्यायन समितिका सभापति नेपालु चौधरीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टको नेतृत्वको महासंघका पदाधिकारी सहितको पत्रकारको टोलीले प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी विद्येयकमा राखिएका बुँदा सच्याउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।  विद्येयकमा व्यवस्था गरिएको मिडिया बोर्ड गठन सम्बन्धीको व्यवस्था हटाउन माग गरिएको छ ।

प्रदेशका कानून मन्त्रीको अध्यक्षतामा नभई स्वतन्त्र निकायमा रहेको व्यक्तिको प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ । यस्तै विद्येयकमा उत्पादन तथा प्रशारण, दण्ड जरिवाना लगायतका प्रेस स्वतन्त्रता विपरीतका प्रावधान पनि हटाउन माग गरिएको छ ।

प्रदेशको कानून मन्त्रालयले तयार गरेको विद्येयक प्रदेशसभामा प्रेस भएर अहिले दफावार छलफलका लागि विद्यायन समितिमा पुगेको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै सभामुख थापा, कानून मन्त्री शाह र विद्यायन समितिका सभापति चौधरी विद्येयक संशोधन गर्नमा सकारात्मक देखिएको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम समितिका अध्यक्ष अर्जुन शाहले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर