कोरोनाबारे वागमती प्रदेश चिन्तित, रसुवागढी नाकाको हेल्प डेस्कमा मन्त्री दुलालको अनुगमन

चिकित्सक थपेर व्यवस्थित बनाउने सरकारको योजना

काठमाडौं । वागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले रसुवागढी नाकामा राखिएको ‘हेल्प डेस्क’ को अवस्थाबारे अध्ययन गरेका छन् । मन्त्री दुलालसहितको टोली आइतबार नाकामा पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएको हो । 

हेल्प डेस्कमा भइरहेको गतिविधि र अहिलेसम्मका कामहरुको बारेमा मन्त्री दुलाले जानकारी लिए । हेल्प डेस्कमा रहेका कर्मचारीसंग मन्त्री दुलालले कसरी त्यहाँ आइपुगेकाहरुको जाँच गर्नेगरेको बारे जानकारी मागेका थिए । त्यहाँका कर्मचारीले चीनबाट आएका नेपाली वा चिनियाँको सुरुमा अध्ययन गर्ने, भाइरस छ वा छैन भन्नेबारे बुझ्ने र तीन पटक जाँच गरेर मात्र पठाउने गरेको जानकारी दिए ।

निरिक्षणपछि मन्त्री दुलालले रसुवागढी नाका हुँदै चीनबाट आउने पर्यटकको स्वास्थय परिक्षणका लागि हेल्प डेस्क राखेको र यसलाई अझै व्यवस्थित बनाउने बताए । कोरोनाको जोखिम र सरुवा रोगबाट बच्नका लागि रसुवा नाकामा अस्थाई संरचना निर्माण गर्ने योजना भएको बताए । उनले भने,‘सरुवा रोगहरुबाट सबैको सुरक्षा होस भन्ने उद्देश्यले सरकारको तर्फबाट अहिले अस्थाई संरभना निर्माण गर्ने, आउँदा कुर्ने ठाउँको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीको टोली राखेर प्रारम्भिक परिक्षणसम्म गर्ने व्यवस्थाका लागि अध्ययन गरेका हौं ।’

उनका अनुसार आज नै जिल्लाबाट इन्जिनियरसहितको टोली ल्याएर अध्ययन गरिएको छ । मन्त्री दुलालका अनुसार चीन्तर्फबाट आउने पर्यटकलाई आउन नदिएको बताए । ‘सामाजिक विकास मन्त्रालयबाट यहाँ चिकित्सक राख्ने निर्णय भएको छ । सोेहीअनुसार आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था गर्छौं ।’ उनले भने । 

रसुवा नाकाबाट आउने सबैको प्रारम्भिक परिक्षण गरेर भाइरस भएको नभएको परिक्षणपश्चात मात्र प्रवेश गराइने उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर