• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

मणि लोहनीको नयाँ कविता संग्रह ‘मृत्युको अघिल्तिर’ बजारमा

काठमाडौं । कवि तथा पत्रकार मणि लोहनीको नयाँ कविता संग्रह ‘मृत्युको अघिल्तिर’ प्रकाशित भएको छ । मानवीय सम्बन्ध र जीवन दर्शनलाई पहिल्याउने मणि पछिल्लो समय मृत्युपछिको महाशुन्यता र रहस्यमाथि कथा कविता लेखिरहेका छन् ।

शिखा बुक्सले बजारमा ल्याएको कवितासंग्रहमा तीन खण्ड गरि फरक फरक विषयका ३२ कविता संकलित छन् । ‘१५ वर्षपछि कविता संग्रह आएको छ निकै उत्साहित भएको छु ।’ मणिले भनेका छन्, ‘प्रकाशकसंग सल्लाह गरि चाँडै बिमोचनको मिति तय गरिने छ ।’

टेलिभिजन पत्रकारितामा सक्रिय मणिको पहिलो कविता संग्रह, आन्दोलनले छट्पटाएका कलमहरु, २०४९ सालमा प्रकाशित भएको हो ।  हाल कान्तिपुर टेलिभिजनमा आवद्द उनी पेशाका अलवा कथा, निवन्ध र कविता लेखनको क्षेत्रमा सक्रिय छन् ।

भानुमोति पुरस्कार २०५८, सर्वोकृष्ट कथा पुरस्कार २०६३, युवावर्ष मोति पुरस्कार २०६८, शतिसचन्द्र रेग्मी अतुल स्मृति पुरस्कार २०६९, ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार २०७४, बनिताश्री काव्य पुरस्कार २०७५ र संसाक कथा पुरस्कार २०७६ बाट सम्मानित मणिका केही कविता र कथा हिन्दी, अङ्ग्रेजी, बङ्गाली, जापानिज र कोरियन भाषामा प्रकाशित भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर