• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

पोष्टपेड मोबाइल प्रयोगकर्ताले ‘आईएसडी’ सुविधा लिन टेलिकम धाउनु नपर्ने

काठमाडाैँ । नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलमा अन्तर्राष्ट्रिय कलका लागि ‘आईएसडी’ सुविधा लिन कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हटाएको छ । 

अब प्रयोगकर्ताले आफ्नो मोबाइलबाटै सो सेवा लिन सक्नेछन् । सेवा सुचारु गर्नका लागि जीएसएम मोबाइलका लागि ‘००००’ र सीडीएमए मोबाइलका लागि ‘१२३४’ डिफल्ट पिन नम्बर प्रयोग गर्नुपर्ने हुन्छ ।

जीएसएम मोबाइलमा आफ्नो पिन नम्बर प्रयोग गरी आईएसडी सेवा सुचारु गर्नका लागि प्रयोगकर्ताले ‘#३३१*पिन#’ डायल गर्नुपर्छ । सेवा बन्द गर्न ‘#३३१*पिन#’ डायल गर्नु पर्ने हुन्छ। साथै आफ्नो आईएसडी सेवा खुला वा बन्द रहेको जानकारी लिनका लागि *#३३१# डायल गर्न सकिन्छ ।

यदि तपाईं आफ्नो अकाउण्टको सुरक्षा चाहनुहुन्छ भने सुरक्षाका लागि डिफल्ड पिन नम्बर परिवर्तन गरी आफ्नो इच्छाअनुसारको पिन नम्बर राख्न सक्नुहुनेछ । जीएसएम पोष्टपेड मोबाइलमा पिन नम्बर परिवर्तन गर्नका लागि ‘**०३*३३१*पुरानाे पासवर्ड*नयाँ पासवर्ड#’ डायल गर्नुपर्ने हुन्छ ।

साथै सीडीएमए पोष्टपेड मोबाइलमा पिन नम्बर परिवर्तन गर्न *८१ डायल गर्नुपर्ने टेलिकमले जनाएको छ । टेलिकमका अनुसार आईएसडी सेवा खोल्नका लागि सेवाग्राहीले *८२ डायल गर्नु पर्छ भने सेवा बन्द गर्नको लागि *८२० डायल गर्नु पर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर