• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

जलवायू परिवर्तनको असर कम गर्न अमेजनका अध्यक्षबाट १० अर्ब डलर सहयोग घोषणा

एजेन्सी । अमेजनका अध्यक्ष जेफ बेजोसले जलवायू परिवर्तनबाट देखिएको असर न्यूनिकरणका लागि दश अर्ब डलर प्रदान गर्ने घोषणा गरेका छन् । विश्वका सबैभन्दा धनी व्यक्तिको रुपमा रहेका बेजोसले वैज्ञानिकहरुको अनुसन्धानमा खर्च गर्नका लागि उक्त रकम सहयोग गर्न चाहेको बताएका हुन् ।

आफूले जलवायू परिवर्तनका असर न्यूनिकरण गर्ने उपायको खोजी र विनासका विरुद्ध लड्न चाहेको पनि बताएको बीबीसीले जनाएको छ । उनले भनेका छन्, "जलवायू परिवर्तन हाम्रो ग्रहको लागि सब भन्दा ठूलो खतरा बनिरहेको छ। म अरू सबैसँग मिलेर जान चाहनेलाइ विस्तार गर्न र यस पृथ्वीमा जलवायु परिवर्तनको विनाशकारी असरसँग लड्न नयाँ तरिकाहरू अन्वेषण गर्न चाहन्छु। विश्वव्यापी रुपमा म पहल गर्दै आफ्नो सहयोग घोषणा गर्छु । सम्पूर्ण वैज्ञानिकहरू, गैर-सरकारी संस्थाहरू प्राकृतिको संरक्षणमा हातेमालो गर्न आग्रह गर्दछु ।"

"हामी पृथ्वीलाई बचाउन सक्छौं। त्यसका लागि ठूला कम्पनीहरू, साना कम्पनीहरू, राष्ट्र राज्यहरू, विश्वव्यापी संगठनहरू र व्यक्तिहरू पहल हुन जरुरी रहेको समाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । 

बेजोसले आफ्नो सम्पतिको ८ प्रतिशत रकम जलयायू परिवर्तनको असर न्यूनिकरणमा खर्च गर्न चाहेको बताए । उनले अमेजनका कर्मचारीलाई पनि जलवायू परिवर्तनविरुद्ध लड्न आग्रह गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर