• शनिबार १२-२२-२०७६/Saturday 04-04-2020/ 02:58 pm

चीनको कोरोना भाइरसभन्दा कम छैन अफ्रिकामा फट्याङ्ग्राको प्रकोप [फोटोफिचर]

अर्थव्यवस्था नै खतरामा

एजेन्सी । फट्यांग्राको एक प्रजाति, मरुभूमि फट्यांग्रा सामान्यतय सुनसान क्षेत्रमा पाइन्छ । यो किरा एक अण्डाबाट जन्मिएर फखेटा भएको फट्यांग्राको रुपमा विकसित हुन्छ । तर, जब हरियो घासे मैदानमा यी प्रजातिका फट्यांग्रा जम्मा हुन्छन्, उनीहरु भयानक प्रकोपको रुप लिन्छन् । 

पूर्वी अफ्रिकाको केही भागमा विनासकारी किरा मानिने यस प्रजातिको फट्याङ्ग्राको एक गम्भिर प्रकोप फैलिरहेको छ र विश्वका केही सबैभन्दा कमजोर देशहरुमा खाद्य सुरक्षाका लागि ‘अपूर्व’ खतरा उत्पन्न गरिरहेको अधिकारीहरुले बताएका छन् । 

एउटा औँलाको लम्बाईको यो किरा लाखौँको संख्यामा एक साथ उड्न सक्छन् । यसले बालीहरुलाई खान्छन्, चरनलाई नष्ट गर्छन्, जसले खाद्य उत्पादन र स्थानीय अर्थव्यवस्थाहरुलाई खतरामा पार्छ । 

पूर्वी अफ्रिकी क्षेत्रीय निकायका अनुसार केन्यामा यस फट्याङ्ग्राको प्रकोपको सबैभन्दा खतरनाक वृद्धि भएको छ । यी फट्यांग्राले देशको उत्तर–पूर्वी क्षेत्रमा ६० किलोमिटर लम्बाई र ४० किलोमिटर चौडाई क्षेत्रफल ओगटेको अन्तरसरकारी प्राधिकरण विकास(आईजिएडी)ले एक वक्तव्यमा भनेको छ । 

अफ्रिकामा फैलिएको यस मरुभूमि प्रजातिको फट्यांग्राको प्रकोपलाई यस प्रजातिकै सबैभन्दा खतरनाक मानिएको छ, जसको असर सोमालिया, इथियोपिया, सुडान, बिूती र एरिट्रियाका केही भागमा पनि पुगिसकेका छन् । दक्षिण सुडान र युगान्डामा पनि पुग्ने सक्ने आइजिएडीले चेतावनी दिएको छ । 

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अनुसार यस क्षेत्रको खराब खाद्य सुरक्षाको स्थितिलाई यस प्रकोपले अझ खराब बनाइदिएको छ, जसमा सयौँ हजार एकड जमिनमा लगाइएका कृषिबाली नष्ट भएका छन् । राष्ट्रसंघका अनुसार दक्षिणीस् अरब प्रायद्वीपमा दुई वर्ष पहिले अनुकूल पर्यावरणका कारण फट्यांग्राको तीन पिँढी फैलियो, जसलाई लिएर कसैले जानकारी नै पाउन सकेनन् । 

यो फट्यांग्राको झुण्ड एक दिनमा दुई सय किलोमिटर सम्मको यात्रा तय गर्न सक्छ । एक दिनमा यिनीहरुले खाने र प्रजननका लागि ठूलो क्षेत्रफलमा लगाइएको बाली नोक्सान पुर्याउन सक्छन् । 

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अनुसार एक औसत फट्यांग्राको समूहले २५ सय मानिसको पेट भरिने खाद्यान्नलाई सखाप पार्न सक्छ । सन् २००३ र २००५ को बीचमा पनि यस प्रजातिको फट्यांग्राको संख्या यसरी नै वृद्धि भएको र पश्चिमी अफ्रिकाको कृषिमा २५० अर्ब डलर नोक्सान पुगेको राष्टसंघको भनाई छ । तस्विर श्रोत : अलजजिरा

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

लकडाउनको तेस्रो दिन, पाँच तस्वीरमा काठमाडौं...

  • १३ चैत, २०७६

काठमाडौं । लकडाउनको तेस्रो दिन बिहीबार पनि काठमाडौं उपत्यका सुनसान बनेको छ । तीनकुने, माइतीघर, सुन्धारा, चक्रपथ, कोटेश्वर, बसपार्कजस्ता ठाउँ सुनसान

कोरोना त्रास : पश्चिमी नाकाबाट फर्कने नेपाली ह्वात्तै बढे, मुख्यमन्त्रीद्वारा निरिक्षण [फोटोफिचर]

  • ८ चैत, २०७६

कञ्चनपुर । भारतका विभिन्न शहरहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँ रहेका नेपालीहरु स्वदेश फर्किने क्रम ह्वात्तै बढेको छ ।  कञ्चनपुरको

दमकमा धमाधम बन्दैछ प्रधानमन्त्रीको सपना बोकेको भ्यू टावर [फोटोफिचर]

  • १ चैत, २०७६

झापा । ‘बन्छ कि बन्दैन’ भन्ने अन्यौलताकै बिच झापाको दमकमा निर्माणधिन भ्यू टावरको निर्माण कार्यले गति लिएको छ । दमकको भ्यूटावरको काम तीव्र गतिमा