• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

गजल सन्ध्यामा आठ गजलकारका ४० गजल प्रस्तुत हुने

पोखरा ।  गजल सन्ध्या पोखराले आफ्नो नियमित गजल वाचनको २०० औँ शृङ्खलामा आठ गजलकारका ४० गजल प्रस्तुत गर्ने भएको छ । यही फागुन १० गते विशेष कार्यक्रमका साथ यहाँका चर्चित  गजलकारलाई एकसाथ उभ्याउने तयारी भएको गजल सन्ध्या पोखराका अध्यक्ष मोहन भण्डारीले जानकारी दिए ।

‘गजलको उत्थान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ वि।सं। २०५९ मा यहाँ सो सस्था स्थापित भएको थियो । उनले यसपटकको विशेष अवसरमा पूर्वअध्यक्षहरूले संयुक्त गजल वाचनगर्नेछन्  । कार्यक्रममा संस्थापक अध्यक्ष दिलीप दोषीका साथमा दीपक समीप, रुपिन्द्र प्रभावी, कपिल शर्मा, मन क्षत्री, उदीपराज ढुङ्गाना, विर्सना बस्नेत र अमृत सुवेदीले पाँच ÷पाँच  गजल प्रस्तुत गर्नेछन् । 

नेपाली गजलको उत्थानमा क्रियाशील संस्थाले नियमित गजल वाचनका साथै विभिन्न विचार गोष्ठी, गजल प्रशिक्षण कार्यशाला,संयुक्त गजल सङ्ग्रह प्रकाशन लगायत गतविधि सञ्चालन गर्दै आएको छ । संस्थाले हरेक महिनाको दोस्रो शनिबार नियमित गजल वाचन र तेस्रो शनिबार नवनीत साहित्य सागरसँगको संयुक्त आयोजनामा ‘अक्षरयात्रा’ कार्यक्रम नियमित रूपमा आयोजना गर्दै आइरहेको संस्थाका सचिव त्रुपकले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर