भेरी बबई आयोजनाको निरिक्षण गर्दै उपराष्ट्रपति पुनले भने–'समयमै निर्माण सक्नुहोस'

सुर्खेत । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध तथा व्यारेज निर्माणस्थलको निरिक्षण गरेका छन् ।

उद्योग वाणिज्य संघ सुर्खेतको आयोजनामा भएको दोस्रो कर्णाली एक्स्पोको उद्घाटनका लागि सुर्खेत आउनु भएका उपराष्ट्रपति पुनले मंगलबार साँझ भेरी नदिको चिप्लेमा निर्माण हुन लागेको व्यारेजको निरिक्षण गरेका हुन् ।  चिप्लेबाट बबई नदिसम्म १२ किलोमिटर लामो सुरुङमार्फत भेरीको पानी बबईमा पुर्याइदैछ । आयोजनाको सुरुङ निर्माण सम्पन्न भइसकेको छ ।

सुरुङमार्फत भेरीको पानी बबईमा पुर्याएर ४६ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने र सो पानीले बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीन सिँचाइ गर्ने आयोजनाको लक्ष्य छ ।

उपराष्ट्रपतिको निरिक्षणको क्रममा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्देशक सञ्जीब बरालले आयोजनाको काम तीब्रगतिमा अघि बढिरहेको जानकारी गराए । उनले आर्थिक वर्ष २०६९÷८० सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको र हालसम्म ४० प्रतिशत काम सम्पन्न भएको बताए । 

उपराष्ट्रपति पुनले राष्ट्रिय गौरवको भेरी बबई आयोजनालाई नमूना आयोजनाको रुपमा विकास गर्न ध्यान दिनुपर्ने बताए ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर