छिटै सहुलियत दरमा इन्टरनेट – मन्त्री बाँस्कोटा

कञ्चनपुर । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपाल टेलिकम सरकारको नभई जनताको सम्पत्ति भएको बताएका छन् । बिहीबार कञ्चनपुरको बेलौरीमा नेपाल टेलिकम दूरसञ्चार कार्यालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सरकारले प्रतिबद्धता गरे अनुसार देशका सबै जिल्लामा एक वर्षमै नेपाल टेलिकमको फोर जी परियोजना सुचारु गरिसकेको बताए । 

नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री बाँस्कोटाले अन्य प्रतिस्पर्धी दूरसञ्चार प्रदायक कम्पनी जस्तै नेपाल टेलिकम पनि प्रतिस्पर्धी बन्नुपर्नेमा जोड दिँदै त्यसका लागि सक्षम रहेको प्रतिक्रिया दिए ।

उनले सेवाग्राहीलाई नेपाल टेलिकमका सेवाहरू सहुलियत दररेटमा प्रदान गर्नेगरी सेवा विस्तार भइरहेको उल्लेख गरे । मन्त्री बाँस्कोटाले इन्टरनेट डाटा खरिद मूल्यमा देखिएको अन्तर्राष्ट्रिय भिन्नतालाई घटाइने गरी प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर