आज पनि बढ्यो सुनको भाउ, अहिलेसम्मकै धेरै

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन चाँदीको मूल्यले रेकर्ड कायम गरेको छ । विहीबार सुन तोलाको ७७ हजार ६ सय कायम भएको छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै हो । नेपाली सुन चाँदी व्यवसायी संघका छापावाल सुन प्रतितोला ७७ हजार ६ सय तथा तेजावी सुन प्रतितोला ७७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

बुधबार छापावाल सुन ७७  हजार १ सय तथा तेजावी सुन ७६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।  सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको  महासंघले जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर